आइ.एन.जी.ओ. को चार खर्ब केमा खर्च भयो ? थाहा छैन

नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजीओबाट चार वर्षयता झन्डै साढे चार खर्ब रुपैयाँ भित्रिएको छ । यो रकम लगभग नेपालको वाषिर्क बजेको हाराहारी छ । तर, ती संस्थाले गरेको खर्च अपारदर्शी छ ।

समाजकल्याण परिषद्को तथ्यांक अनुसार आइएनजीओबाट चार वर्षयता चार खर्ब ३६ अर्ब आठ करोड २७ लाख ३१ हजार नौ सय ९९ रुपैयाँ नेपाल भित्रिएको छ । चालू वर्षको नेपालको वाषिर्क बजेट पाँच खर्ब १७ अर्ब २४ करोड रुपैयाँ छ । परिषद्का अनुसार नेपालमा अहिले एक सय ८७ आइएनजीओ छन् । अधिकांश संस्थाको परियोजना अवधि पाँच वर्षको छ । र सन् २०१० बाट काम सुरु गरेको परिषद्ले जनाएको छ । सम्झौताअनुसार उनीहरुको कार्य अवधि सन् २०१५ मा सकिने छ ।

परिषद्सँग आइएनजीओले नेपाल भित्र्याएको रकम कसरी खर्च गरेका छन् भन्ने कुनै विवरण छैन् । परिषद्का सदस्यसचिव रविन्द्र कुमारले पनि खर्चको बारेमा कुनै जानकारी नभएको बताए । उनले भने ‘अनुगमन र नियमन गर्न नपाउने कानुन छ, यस्तै हो भने राष्ट्रियता खतरामा पर्ने निश्चित छ ।’ – नयाँ पत्रिका