अस्ट्रेलियाले २ हजार नेपाली विद्यार्थीको भिसा रोक्यो

नयाँ दिल्लीस्थित अष्ट्रेलियन दुतावासले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीले गलत ऋणको कागजात बनाएको भन्दै करिब २ हजार नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरेको छ।
नयाँ दिल्लीस्थित दूतावासले अष्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ति विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रक्रिया रद्द गर्न समेत पत्राचार गरेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।
australiaअष्टेलिया जान लालायित विद्यार्थीले करिब १ लाख रुपैयाँ खर्च गरेर भिसा प्रक्रिया सुरु गरेका थिए।
नेपालमा रहेका बैंकहरुले स्ट्यान्डर्ड पूरा नगरी मनपरी रुपमा ऋणको कागजात बनाएको जनाउँदै अष्ट्रेलियन दूतावासले भिसा प्रक्रिया रद्द गर्ने तयारी गरेहो छ। दूतावासको तथ्याङ्क अनुसार करिब २ हजार विद्यार्थीको प्रक्रियाको विषयमा अनुसन्धान भइरहेको छ।
नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको घुइँचोलागेसँगै बैंकलेसमेत मनपरी रुपमा ऋणको कागजात बनाउन थालेपछि समस्या बढेको स्रोतबो दाबी छ। बैंकको विषयमा शंका लागेपछि दूतावासले तत्कालका लागि सबै विद्यार्थीको भिसा प्रक्रिया स्थगित गरेको हो। दूतावासले नविल, एसविआईलगायत बैंकबाट मात्र कागजात तयार पार्न आग्रह गरेको छ।
सबै विद्यार्थीको भिसा रद्द भयो भने करिब २० करोड रुपैयाँ जोखिममा पर्नेछ।
स्रोतका अनुसार नेपालमा संचालित एजिुकेशन कन्सल्टेन्सीले कुमारी, प्राइम, एनआइसी, एनबी, सानीमालगायत बैंकबाट पेपरलोन बनाउँदा गलत प्रकृया देखिएकोले भिसा प्रकृया रोक्का गरेको छ।

ल्याण्डमार्क एजुकेशन कन्सल्टेन्सीका संचालक कुमार कार्कीले कमर्सियल बैंकले ऋणको कागजात बनाउँदा प्रक्रिया नमिलेको भन्दै अष्ट्रेलियास्थित आधा दर्जनभन्दा बढी विश्वविद्यालयले इमेल पठाएर भिसा प्रकृयाको बारेमा थप अध्ययन भैरहेको जानकारी दिएको बताए । ‘दूतावासले विश्वविद्यालयलाई र विश्वविद्यालयले हामीलाई इमेल पठाएर ऋणको प्रकृयामा गलत नियत देखिएको जनाएका थिए। अहिले अष्ट्रेलिया हाइ कमिशनले बैंक, कन्सल्टेन्सी र अभिभावकसँग समेत जानकारी लिएको छ्’ उनले भने। कसको गल्ती भयो भन्न सकिँदैन, तर प्रक्रिया नपुगेको भन्दै भिसा प्रक्रिया रद्द गरी अधिकांश विद्यार्थीको कागजात पेन्डिङ गरी राखेको छ–कार्कीले भने।

नेपाली विद्यार्थीहरू अध्ययन गर्ने फारम भरेको मक्वाइरी, ओलङवाङ र अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालयबाट इमेल पठाएर प्रकृया गलत भएको जानकारी दिएको छ। अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीलाई एजुकेशन कन्सलटेन्सीले विश्वविद्यालयदेखि दुतावाससम्म प्रकृया संचालन गरेवापत १० हजार र दुतावासले भीषा र अन्य प्रकृयाको लागि करिब ७५ हजार रुपियाँ लिने गरेका छन्। लामो समयदेखि अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको भिसा नआएपछि ती विद्यार्थी अन्योलमा परेका छन्। बैंकको गलत प्रकृयाको विषयमा दूतावाससमेत गम्भीर भएको स्रोतको भनाइ छ। शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष राजेन्द्र बरालले सबै विषयमा हल्ला मात्रै भएको बताउँदै नेपालका बैकले सबै कानुनी प्रकृया पुरा गरेर लोन दिएको दाबी गरे ।