अष्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

अष्ट्रेलिया,    अष्ट्रेलियाको पश्चिम शहर पर्थमा पहिलो पटक नेपाल महोत्सव सम्पन्न भएको छ | नेपाली पर्यटन प्रवर्द्धन र कला संस्कृतिको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यले आयोजित नेपाल महोत्सव एनआरएन वेष्टर्न अष्ट्रेलिया कोअर्डिनेसन काउन्सिलको आयोजना र नेप्लिज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया लगायतका अन्य स्थानीय संघसंस्थाहरुको सहयोग र सहभागितामा शनिवार सम्पन्न भएको थियो|au

पर्थको फरेष्ट प्लेसमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालीहरुका साथै सयौंको संख्यामा स्थानीयबासीहरुको सहभागिता रहेको थियो | महोत्सवमा नेपाली बाहेक करिब ३ हजारबढी विभिन्न देशका नागरिकहरुले महोत्सवको अवलोकन गरेका थिए|अवलोकनकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र, कला संस्कृती र परम्पराका बारेमा जानकारी गराईएको थियो|महोत्वसमा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीएको थियो भने नेपाली खाना, शैक्षिक परामर्श, कला संस्कृति, पर्यटन प्रवर्द्धन हुने किसिमका स्टलहरु समेत राखिएको थियो ।

महोत्सवमा अष्ट्रेलियन सरकारका तर्फबाट डा. माइकल डेनिस, जेन हेनरिक नोरबर्जर र बहुसांस्कृतिक कार्यलय प्रमुख रेबेका बलले समेत महोत्वसको अवलोकन गरेका थिए|यसै गरी एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, महासचिव भरत पोखरेल तथा आइसिसीय सदस्य भैरव ढकाल समेत सहभागी थिए|

थोरै संख्यामा मात्र नेपाली बसोबास गर्ने पश्चिम अष्ट्रेलियामा भएको महोत्सवमा आशा गरीए भन्दा धेरै स्थानीयको सहभागिता भएको उल्लेख गर्दै महोत्सव संयोजक राज थपलियाले अन्य कार्यहरु गर्न समेत नेपालीहरुलाई उत्साह थपेको जानकारी गराए|