अष्ट्रेलियाको सरकारी पुस्तकालयमा नेपाली पुस्तकहरूको सँग्रह

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सार्वजनिक पुस्तकालयले नेपाली शाखा संचालनमा ल्याएको छ । राज्यमा नेपाली भाषी समुदाय बढ्दै गएपछि नेपाली भाषामा यो पुस्तकालय संचालन भएको हो । अहिले राज्य पुस्तकालयमा नेपाली संग्रह तयार भैसकेको छ । पाठकहरुले आफु बसेको काउन्सिलको पुस्तकालयमा गएर नेपाली पुस्तकको माग गरेमा स्थानिय सार्वजनिक पुस्तकालयले राज्य पुस्तकालयसंग सहकार्य गरेर ती पुस्तकहरु पाठकको हातमा पर्ने बताइएको छ । पुस्तकालयले अहिले करिव एक हजार थान नेपाली भाषाका पुस्तकहरु खरिद गरिसकेको छ ।

यसैबिच नेपाली संग्रहको विशेष समारोहमा आगामी मार्च २२ शनिवार सिड्नीको दक्षिण रकडेल पुस्तकालयमा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ । स्टेट लाइवरी, रकडेल सिटी काउन्सिल र सेन्ट जर्ज माइग्रेन्ट रिसोर्स सेन्टरको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो । पुस्तकालयमा नेपाली साहित्यका पुस्तक, काला-संस्कृति, भूगोल, राजनीति, सम्यता र इतिहासका पुस्तकहरु उपलब्ध हुने बताइएको छ ।
MitchellLibrarySydney