अष्ट्रेलियन धनाढ्यको सूचीमा शेष घले उक्ले

अब ९९ औं नम्बरमा

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनीकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाको धनीहरुको सूचीको ९९ औं नम्बरमा परेका छन् । अघिल्लो वर्ष १ सय ५० औं स्थानमा रहेका घले दम्पती यस वर्ष ५ सय २८ मिलियन अमेरिकी डलर सम्पत्तिका साथ ५१ स्थान माथि उक्लिएका हुन् ।

shesh-ghale-Jamuna-ghaleअष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका घलेको अघिल्लो वर्ष ३ सय ३५ मिलियन अमेरिकी डलर सम्पत्ति थियो । शिक्षा र रियल स्टेटमा लागानी गर्दै आएका घलेको मेलवर्न इस्टीच्यूट अफ टेक्नोलोजी अष्ट्रेलिया (एमआइटी) मा चर्चित छ । घले दम्पतीले सन् १९९९ मा एमआइटीमार्फत शिक्षामा लागनी थालेका थिए । घलेकी पत्नी जमुना अष्ट्रेलियाली धनाढ्य महिलाहरुको सूचीमा आठौं धनी महिला हुन् ।  साथै उनीहरुले मेलवर्न सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा व्यवसायिक आवास विकाशमा समेत लगानी गरेका छन् । सन् २०१० मा डेढ करोड डलरमा आर्गस भवन खरीद गरी घले दम्पतिले ५ करोड डलर लगानी गरेर त्यसको स्तरोन्नती गरे ।

घले दम्पतिले फ्लागस्टाफ गार्डेन क्षेत्र नजिकै २ सय कोठाको ब्यांक्वेट होटल, ५ सय अपार्टमेन्ट तथा खुद्रा व्यापारिक क्षेत्रको निर्माण गर्ने योजना बनाएका बिआरडब्लुले जनाएको छ । घलेले ८ अर्ब रुपैयाँ लगानीमा काठमाण्डौमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल संचालन गर्दैछन् ।