अमेरिकामा बि.पी. जन्म-शताब्दि कार्यक्रम सम्पन्न

स्व .बि पि. कोईरालाको जन्म शताब्दी कार्यक्रम  अन्तरगत न्यूयोर्कस्थित जनसम्पर्क समिती लङआइलेन्डद्वारा बि पि एक बहुआयामिक ब्यक्तित्त्व  सम्बन्धि प्रबचन कार्यक्रम सम्पन्न भयो ।

BP shatabdi program NY1कार्यक्रममा महत्वपुर्ण मन्तव्य राख्नुहुदै प्रमुख बक्ता तनहु कांग्रेसका सभापति तथा सभासद माननिय ध्रुव  वाग्लेले बिपि कोईरालाले नेपालको राजनिती मा  पुर्याउनु भएको योग्दान को चर्चा  गर्दै वहाँको दुरदर्शिता कारण आफुजस्ता हजारौ युवाहरु राजनीतिमा होमिएको दर्साउदै रास्टियता , लोकतन्त्र र समाजवादका प्रणेता  नेपाली जनताका महान नेता महामानब को राजनीतिक  शेरेाफेरो मा नै देस चलिरहेको बताउनु भयो ।  देस  बिस्तारै विकास र समृद्धितर्फ उन्मुख भएको चर्चा गर्दै युबा नेता वाग्लेले बिदेशमा रहनु  भएका  नेपाली दाजुभाइ दिदी बहिनिहरुले  उठाउनु भएको नागरिकता सबाल , यस पटक बन्ने संविधान मा समेटिने प्रष्ट पार्नुभयो । वहाँले देस को बर्तमान जटिल अवस्था लाई निकास दिने काम , क्षमता र दायीत्व नेपाली  कांग्रेसमा  रहेको प्रष्ट पार्नु भयो  ।

जनसम्पर्क समिती लङआईलेन्डका सभापति बिश्वराज बास्तोलाको सभापतित्व मा सम्पन्न सो कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापती बिष्णु सुवेदी, नेपाली कोङ्रेस बाग्लुङ का नेता तथा महासमिति सदस्य शिंहबहादुर राना, महाधिवेशन प्रतिनिधि वेदप्रसाद खेरेल, केन्द्रिय सदस्य मुनेन्द्र नेवाङ्ग , एन आर एन अमेरिकाका माहसचिब तथा  जनसम्पर्क समिती का पुर्ब केन्द्रिय सदस्य कृष्ण पोखेरल, सल्लाहकार भोजराज थोकर, समाजसेविहरु दुर्गेश कार्की, एकराज गौतम, परमानन्द खनाल लगाएतले जननेता बिपि को योग्दान को चर्चा गर्नुभएको थियो । महामानब कोइरालाको तस्वीरमा माल्यार्पण तथा  ज्ञात- अज्ञात  सहिद प्रती मौन धारण गरि सुरु गरिएको कार्यक्रम को संचालन महासचिव बिनिता भुजेल र स्वागत मन्तव्य उपाध्यक्ष बिनोद थापाले गर्नु भएको थियो ।सोही कार्यक्रम मा नेपाली कांग्रेस का पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री  सिद्धराज ओझा को  दुखद निधनमा  शोक ब्यक्त गरिएको थीयो ।