अमेरिकामा एक नेपालीलाई १८ करोड रूपैयाँको चिट्ठा

अमेरिकाको सन फ्रान्सिस्कोमा ट्याक्सी चालकका रुपमा काम गर्दै आएका एक नेपालीलाई झण्डै दुई मिलियन डलरको चिट्ठा परेको छ । महेन्द्र केसी नाम गरेका ती नेपालीले १.९ मिलियन डलर (करिब १८ करोड रूपैयाँ) को चिट्ठा जितेका हुन् ।
mega_millions५० वर्षीय केसी एक दशक अघि अमेरिका गएका हुन् । आय आर्जनका लागि ट्याक्सी चलाउँदै गरेका उनले एक डलरमा किनेको चिट्ठाबाट आफू मालामाल हुने आशा भने सायदै गरेका थिए होलान् ।
‘यसले हाम्रो जीवनमै परिवर्तन गरिदिएको छ,’ महेन्द्रकी छोरी चाँदनीले भनिन्, ‘परिवारको सपना पुरा गर्न यसले ठूलो मद्दत पुग्ने छ ।’ यतिधेरै पैसा कहाँ खर्च गर्ने भन्नेबारे केही नसोचेको उनले बताइन् ।