अमेरिकाको डिसीमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने

ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । अगामी जुलाईमा डिसी मेट्रोमा हुने ए.एन.ए.को ३२ औं सम्मेलनका अवसर पारेर गरिने सम्मेलनमा नेपाली साहित्यका प्रतिनिधि व्यक्तित्वको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।
anesas-200x112तीनदिने सम्मेलनमा कार्यपत्रप्रस्तुत, कविता बाचन तथा अन्तरक्रिया लगायतका कार्यक्रम रहने छन । यसैगरि बैठकमा प्रतिष्ठानले हालै मात्र बैधानिकता प्राप्त गरेको जानकारी गराउदै वर्तमान कार्यसमितिलाई नै आगामी कार्यकालका लागि निरन्तरता दिने निर्णय पनि गरेको छ । बैठकले हालै न्युयोर्कमा सम्पन्न अन्तरराष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत कबिहरू नेपालमा नै रहेकाले यथासिघ्र काठमाडौँमा कार्यक्रम गरि पुरस्कार समर्पण गर्ने निर्णय पनि गरेको छ । प्रतियोगितामा पदम गौतम , हरिमाया भेटवाल, ईश्वरमणि अधिकारीले क्रमश: प्रथम, दितीय र तृतीय भै एक हजार, तीनसय र दुईसय डलर नगद पुरस्कार प्राप्त गरेका थिए ।
बैठकमा प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठ, उपाध्यक्ष विनोद रोका, महासचिव हेमन्त श्रेष्ठ तथा सदस्यहरू गोविन्दसिंह रावत, गोबर्धन पूजा, बिटु केसी ,कृष्णमुरारी ढुंगेल, निलम कार्की निहारिका लगायतको सहभागिता रहेको थियो ।