अमेरिकाका नेपालीको मनिषालाई निम्तो

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्ष देखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी सम्मेलनमा मनिषा कोइराला आउने भएको जानकारी प्रमुख संयोजक हेमन्त श्रेष्ठले तयारी समितिको बैठकमा जानकारी दिएका छन् l हरेक बर्ष बिभिन्न व्यक्तित्वहरुलाई बिबिध विधामा नेपाल र नेपालीको नाम उच्च राख्ने नेपालीमूलका तथा बिदेशीहरुलाई समेत सम्मान गर्ने गरेको ३२ औ ए एन ए सम्मेलनमा मनिषा कोइरालालाई सम्मान गरिने भएकोले जुलाई ४ तारिखमा आउने निश्चित भएको भन्दै मनिषा कोइरालालाई आर्थिक कोष वृद्धि गर्ने योजना समेत रहेको बताए l

Manisha-Koiralaप्रमुख संयोजक हेमन्त श्रेष्ठले उदित नारायण झालाई पनि सम्मान गरिने योजना रहेकोले उनि संग पनि कुरा चलि रहेको बताउदै बताए भने सांस्कृतिक समितिका संयोजक तथा नायक सरोज खनालले प्रतिभा प्रतियोगिता गरिनुको साथै सांस्कृतिक साँझको लागि नेपालका ख्याति प्राप्त कलाकारहरुसंग पनि कुरा चलाई रहेको बताए l उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण ३२ औ ए एन ए सम्मेलनका संयोजकहरुले आ-आफ्ना भाबी योजनाहरु प्रस्तुत गरे भने सबैले कम्मर कस्नु पर्ने कुरामा जोड दिदै निर्वाचन पनि हुने भएकोले सहभागी ज्यादा हुने अनुमान गरिएको छ l

३२ औ ए एन ए सम्मेलनका उप संयोजक तथा लेखा परीक्षक लक्ष्मण प्रधानले सम्मेलनमा लाग्ने खर्च र आम्दानीको बिस्तृत बिबरण प्रस्तुत गर्दै २९ औ ए एन ए सम्मेलनमा १० हजार डलर मुनाफा कमाउन सकेकोमा ३२ औ ए एन ए सम्मेलनमा३० हजार डलर जति आम्दानि गर्न सकिने सम्भावना भएको जानकारी गराए l आयोजक समितिको बैठकमा प्रतिभा प्रतियोगितामा प्रथम हुने तथा फेसन शो(भेषभुषा प्रदर्शन )मा पुरुष तथा महिला प्रतियोगितामा प्रथम हुनेलाई सहित नेपाल आउने जाने दुवै तर्फको हवाई टिकट दिईने भएको छ l