अन्त्वेर्पेन नेशनल होटलको उद्घाटन

गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित बेल्जियमस्थित पीबीए ग्रुप र जापानको टीबीआई ग्रुपको संयुक्त लगानीमा स्थापित belgium-hotel-With-Bhawan-Bhattaअन्त्वेर्पेंन होटल नेशनलको औपचारिक उद्घाटन भएको छ ।

बेल्जियमका उपप्रधान एंव अर्थमन्त्री क्रिस पिटर्स, नेपाली दूतावास बेल्जियमका प्रतिनिधि कुमारराज खरेल, बेल्जियन संसदका सदस्य नाहीमा लंगेरी र टीबीआईका अध्यक्ष भवन भट्टले एक भव्य समारोहवीच होटलको उद्घाटन गरे ।

उद्घाटन समारोहमा उपप्रधानमन्त्री पिटर्सले बेल्जियमले वाहृय लगानी प्रोत्साहित गर्दै आएको बताएका थिए। यस्ता कार्यले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक बृद्धि र आन्तरिक प्रतिस्पर्धामा योगदान पुग्ने बताए ।

कार्यक्रममा कुमारराज खरेलले लगानीकर्ताहरुलाई शुभकामना दिएका थिए । खरेलले भूकम्पको बेला बेल्जियम सरकारबाट भएको सहयोगकोलागी धन्यवाद ज्ञापन गर्दै नेपालका पर्यटकीय स्थल सुरक्षित रहेका र बन्द पुरातात्विक सम्पदाहरु खुलिसकेको जानकारी गराएका थिए ।

पीबीए र टीबीआईको संयुक्त लगानीमा वेल्जियमका खुलेको यो दोस्रो होटल हो । गत जुनमा आन्त्रोपेन नजिकै सेन्ट निक्लासमा होटल न्यू फ्लान्दर संचालनमा आइसकेको छ । यो तीनतारे होटल खुलेको ६ महिना पछाडी बिहिबार दोस्रो होटलको उद्घाटन भएको हो ।

पीबीए ग्रुपमा टिबीआई ग्रुपका अध्यक्ष भवन भट्ट तथा बेल्जियमका ब्यवसायीद्वय अर्जुनकुमार श्रेष्ठ र प्रेम गुरुङ रहेका छन ।

सन् २००५ देखि बेल्जियममा ब्यबसाय संचालन गर्दै आएका एनआरएन युरोप संयोजक श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा परिचित छन । विगत एक दशकदेखि बेल्जियममा बस्दै आएका उनले होटल, रेष्टुरेन्ट, सुपरमार्केटजस्ता आधा दर्जन व्यवसायमा सफलता पाएका छन् ।

नेशनल होटल बिहिबारबाटै पूर्ण रुपमा संचालनमा आएको छ । जसमा ४० कोठा रहेका छन् भने एकपटकमा ९२ जनासम्म पाहुनालाई सेवा दिनसक्ने क्षमता छ । बेल्जियमको राजधानी ब्रसेल्सदेखि झन्डै ४५ किमीको दूरीमा अवस्थित पर्यटकीय शहर आन्त्रोपेनको केन्द्रमा रहेको यो होटलमा १५० जनाको सेमिनारका लागि प्रविधियुक्त सभाहल समेत रहेको छ ।

साथै १७० गाडी पार्किंङ सुबिधा रहेको छ । होटलको भूई तलामा रेष्टुरेन्ट समेत संचालित छ । गत डिसेम्वरमा आˆनो स्वामित्वमा लिए लगत्तै होटललाई नयाापन दिन र अत्याधुनिक सुबिधा उपलब्ध गराउन थप लगानी समेत गरिएको थियो ।

उद्घाटन समारोहमा नेपाली र विदेशी गरी ३ सयभन्दा बढिको सहभागिता थियो ।