अनेसास सम्मेलनबारे होमनाथको पत्रात्मक समीक्षा

प्रियवर प्रेरणाजी,
तपाईले मलाई यस्तै हुन्छ भनेर कन्भेन्सन पूर्व नै हाम्रै कोठामा भन्नुभएको थियो, हुन पनि त्यस्तै भयो । मैले हाम्रा कन्भेन्सनहरुलाई प्राज्ञिक अध्ययन उन्मुख हुनुपर्छ कोरा मनोरन्जनात्मक मात्र होइन भन्ने आदर्श अनुरुप अगाडि लान खोजेकै हो तर यो सम्मेलनमा पनि प्रयास गरियो अन्ततः प्राज्ञहरुले भन्दा स्रस्टाहरुले मात्र ठाउँ ओकटे ।

DC sahitya sammelanमैले भने जस्तो दुरुस्तै भएन र तपाईले पनि कविता पढ्दा केही आवेशमा मन्च छोडेर जानुभो पछि कार्यपत्रलाई बोलाउने समय पाएको बेलामा तपाई हलभित्र हुनुहुन्न थियो । तपाई छुट्नुभयो । अरु स्रस्टाहरुको तँछाडमछाडको हुल थियो यौटा कुम्भमेला जस्तै । को कसका के कति प्रतिभा देखिए र को कसमा कति छुटिए, हराए कसैको हिसाब नै राख्न न सकिने भएको थियो । सम्मेलन सुरु हुनुभन्दा पहिले बसन्तजीले भन्नुभाथियो दाइ यो ५० डलर तिरेर को त्यो मेरियट होटेलमा कविता सुन्न आउँछ रु हो, मैले पनि भनेको थिएँ र मेरो तपाईसित पनि सहमति त थियो तर कन्भेन्सन कमिटीमा तपाईहरु दुबै जना हुनुहुन्न थियो, यो लोकतन्त्रको जमानामा मैले मात्र हुकुम चलाएर बहुमतको अपमान गर्न पनि मिल्दैन थियो । त्यसैले तपाई हाम्रो कुरा सुनिएन र सम्मेलन अगाडि बढ्यो आखिर जे गर्नु थियो नयाँ नेतृत्वले गर्यो । तपाई हाम्रा कुरा छुटे , मेरो आग्रहमा कार्यपत्र लेख्नेहरुको बर्चस्व भएन ।

यसको लागि उदारता पुर्वक मैले तपाई कार्यपत्र प्रस्तोताहरुसित नम्रताको सम्मान गर्दै क्षमा याचना गर्छु गर्नुपर्दछ तर यो कुरा त तपाईहामीले सोचेभन्दा फरक भो नि नयाँ नेतृत्वले यति सहभागीको भेला गरायो कि वास्तवमा यो साहित्यकारको कुम्भ मेला नै भयो । यस अर्थमा बसन्तजीको प्रडिक्शन र तपाई मेरो प्रडिक्शन फेल भयो—मान्छे अनुमान गरेभन्दा अत्यधिक मात्रामा सहभागी भए । यस अर्थमा त प्रेरणाजी तपाई सिनियरहरुले यी नयाँ युवाहरुले गरेको नेतृत्व र कुम्भमेलालाई शिर झुकाएर सलाम गनुपर्छ । कुम्भ मेला नै भए पछि त कतिका बालेट हराए, कति ढले, कति बिरामी भए कति हाँसे कति रोए यसको कुनै हिसाब भएन । तपाई हामीले कार्यपत्र मज्जाले पढ्न पाइएन भन्ने कुरा पनि कसले सुन्ने अब रु भाइबहिनीहरुले गरे सम्मेलन नौलो र अभूतपूर्व गरे । म त भन्छु हामीले यिनीहरुलाई ऐलेको सफलताको लागि धन्यवाद दिदै अब हुने चौथो सम्मेलन मलाई लाग्छ यो अमेकाली नेपाली डायस्पोरामा हैन, ओसेनियाली नेपाली डायस्पोराको क्षेत्रमा गर्नुपर्छ र त्यहाँ ऐलेका कमी कमजोरीहरुबाट पाठ लिएर प्राज्ञिक कन्भेशन गर्न गराउन तपाईहामीले प्रेरणा दिनुपर्छ । तपाईको उपनाम नै प्रेरणा छ भने तपाई रिस र आक्रोशमा भने बोले गरेका गल्तीहरु भए पनि म तिनीहरु सबैलाई यौटा प्रेरणाको रुपमा राखेर व्याख्या गर्छु ।

कविको कुम्भ मेलामा भएका त्रुटिहरुलाई उजागर न गर्ने हो भने ती त्रुटीहरु फेरि दोहोरिने खतरा हुन्छ ती त्रुटीबाट मुक्त हुन यी नकारात्मक जस्ता देखिने आवेशमा आएका सत्य र तथ्य कुराहरुलाई फिडब्यागको रुपमा लिएर हामी अगाडि बढ्नुपर्छ । मैले यहाँ हामी भने पनि अबको नेतृत्व तपाई हामीले हैन नयाँ पिढीले गर्नुपर्छ, हाम्रो पिढी पूर्वाग्रह पीडित भैसकेको छ र हामीलाई भन्दा नया पिडीलाई यस्तो सम्मेलनको नेतृत्व गरी आयोजना गर्न दिदा सफल हुदो रहेछ भन्ने कुराको प्रमाण पनि हो यो कन्भेन्सन । तपाई हामी परिपक्व भयौं भन्छौं र अरुले गरेका काममा दोषै मात्र देख्छौं । ब्यक्तिले आफू खुशी जति सुकै अन्तर्राष्ट्रियता देखाएर गरे पनि गर्ला तर त्यो सही मानेमा अन्तर्राराष्ट्रिय होइन , अनेसासका कतिपय त्रुटीहरु हुदाहुदै पनि यसको काम अन्तराष्ट्रिय बनाउने प्रयास चाहि पक्कै हो । व्यक्तिले विभिन्न देशका कथाजम्मा गरी छाप्नु र यस्तो कुम्भमेला गरी आएको प्रोडक्शनलाई अन्तर्राष्ट्रिय भन्नुमा आकाश जमिनको फरक छ । कसले सोचेको थियो ७१ जना कविहरु तँछामछाड गरी त्यहाँ कविता पढ्न आउलान् भनेर रु ती प्रतिभाले लिएको समयलाई तपाईहामी जस्तो बयोबृद्ध भैसकेका साहित्यकारहरुले झगडा गरेर अब्जेक्शन गर्नु राम्रो पनि थिएन र हैन पनि । म त भन्छु यस्तो सम्मेलनको कुम्भमेला आफैमा यौटा महाकाव्यको सिर्जना हो हाम्रो नेपाली भाषा र साहित्यको विकासको सन्दर्भमा अझ खास गरी यो डायस्पोरामा अनेक डायस्पोराका कार्यपत्र, कविता र कलाको संगम गराएर अनेकतामा एकताको प्रदर्शन गर्न सक्नु झन कठिन थियो र महान् सिर्जनालाई आयोजकहरुले पूर्ण गरेका छन् । यी ऐलेका आयोजकलाई भूरि भूरि धन्यवाद दिदै अब अर्को सम्मेलनमा यस्ता त्रुटीहरु कम गर्नु नानीहरुले भनेर आशीवर्चन दिएर हाम्रो एकतालाई टेबा दिऊँ भन्ने मेरो नम्र निवेदन छ तपाई लगायतका असन्तुष्ट साहित्यकार मित्रहरुसित ।

कार्यपत्र प्रस्तुत गर्न व्यापक छलफल गर्नलाई व्यवधान आए पनि ती महत्वपूर्ण अनुसन्धानात्मक आलेखहरुको संकलनलाई यौटा पुस्तकाकार कृतिको रुपमा अभिलेख राख्ने भन्ने कुरामा आयोजकले समर्थन गरेका छन् र यो कुरा त्यही सम्मेलनमा पनि मैले व्यक्त गरेको थिएँ । त्यसै अनुसार प्रस्तुत गर्न भनेर लेखिएका तर प्रस्तुत भएका वा न भएका जे भए पनि सबै छाप्ने भन्ने कुरामा हाम्रो सहमति भएकोले मैले एक हप्ताभित्र आफनो तर्फबाट सम्पादन गर्नुपर्ने पनि छ भने त्यो सम्पादन गरेर इमेल गर्नुहोला भनेर चिठी पनि पठाइसकेको छु । त्यो इमेल तपाईले पनि पक्कै पाउनुभए होला ।

तपाईले शिष्टता पूर्वक मलाई नै सम्बोधन गरेर फेसबुकमै पोस्ट गरी लेखेको चिठीको यो यसरी तपाईको आवाजलाई सम्बोधन गर्ने धृष्तता गरें । तपाईको नामबाट अनेसास हामीले पुरस्कार पनि चलाएका छौं र तपाई अविछिन्न रुपमा प्रायोजन गरेको पुरस्कारको रकम भुक्तानी गर्ने प्रायोजक भएकोले म तपाईप्रति उत्तरदायी यसकारण पनि हुनुथियो र यो लेखें केही गल्ती भएको भए क्षमा गर्नुहोला र यो कुराको जबाफ पनि मलाई न दिनुहोला । गाइजात्रे कुराहरु र झूठ मक्कार कुराहरु पनि आज फेसबुकबाट आइरहेका छन् ती सबको जफाब दिने आश्यकता छैन र त्यस्ता कुरा म हेर्दा पनि हेर्दिन जबाफ दिने त कुरै छोड्नुहोस । मेरो यो प्रतिक्रिया तपाईप्रतिको सम्मान हो । यही पनि नारायण अधिकारीज्यूले कुरा न गर्नु भएको भए थाहा पनि पाउने थिइन । म यहाँ नारायण अधिकारीज्यूलाई धन्यवाद ज्ञापन गर्न छोडिेदन पनि ।

याद राखनुहोस अनेसासले अनलाइनलाई उपयोग मात्र गर्ने हो तर यो अनेसास अनलाइन संगठन हैन । अनलाइनमा पठाएको कुरालाई अनेसासले जबाफ दिनुपर्छ भन्ने छैन । यो अनेसास डीसीको ग्राउन्ड अर्गनाइजेशन हो । यहाँ तपाई डीसीको बासिन्दा साहित्यकार पनि भएकोले यसको सही दिशा निर्देश र उत्थानमा तपाईको पनि उतिकै हैन जापान सिडिनीका साथीहरुको भन्दा बढी दायित्व हुन्छ किनकि संस्था डिसीको सरकार र अमेरिकाको फेडरल गभ्मेन्टको रुल बमोजिम चल्छ र त्यसरी न चलेको भए त्यसरी चल्नुपर्छ । यस अर्थमा तपाईप्रति यो संस्थाले धेरै आशा गरेको थियो, गर्छ, र गर्नेछ । जहाँसम्म तपाईको भनाइ सुनेनन् भन्ने कुरो छ त्यो सही भए यो समाज हो सुन्छ न भए सुन्दैन र म पनि संस्थाको निर्णय पालन गर्न वचनवद्ध छु । मेरा पनि कति कुरा मानिदैनन् । मेरा कुरा न माने पनि मैले संस्थाको निर्णय मान्नुपर्छ । मेरै कुरा हुनुपर्छ भन्ने त तपाई मात्र हैन मेरा अरु पनि धेरै छन् अरुको कुरा छोडौँ मेरै आफ्नै नजिकका नातेदार भए पनि म उनीहरुको कुरा सुन्दिन । तपाईलाई कतिपय कुरा असन्तुष्टि भए पनि तपाई आउनुसम्म भयो तर तपाईले देख्नुभयो होला मेरा कतिपय जिकिर कार्यकर्ताहरु नातेदारहरु आएनन् उनीहरुको माग र चाहना पुगेन होला मतान्तर होला यसो भनेर म संस्थाको भलाई छोडेर न म तपाईको पछि लाग्न सक्छु न म मेरा अरु नाता सम्बन्धी र जिद्दीवाल प्यारो कार्यकर्ताको पछि ।

त्यसैले सामाजिक संस्थामा हामी व्यक्तिको हिस्सा सबैलाई बाँड्दा सारै थोरै परेको हुन्छ । त्यसैमा आफ्नो भागमा परेकोमा चित बुझाएर सबैसित साथमा जानुपर्छ । यौटै समाजमा भएकोले तपाईमभन्दा धेरै पछिकालाई पनि सम्मान गरिएको हुनसक्छ । त्यो आयोजक भाइबहिनीहरुको निर्णय हो । कमीकमजोरीहरुलाई सुधार्ने सुझाउ दिदै गरेको कामको सराहना पनि गर्दै तपाईहामीले यो भाषा, साहित्य, कला र सँस्कृतिको यो समाजलाई बिस्तारै डोराउनुपर्छ, गर्नु भएको पनि छ र अझ पनि त्यो परिपाटी सकारात्मक रुपमा साथीहरुले लिने गरी गर्नगराउनु हुन अनुरोध गर्दछु । अरु भेटमा कुरा गरौंला ।

भवदीय
होमनाथ सुवेदी
अध्यक्ष, बीओटी, अनेसास, वाशिंगटन डीसी,
संयुक्तराज्य अमेरिका
१२र१४-२०१३