अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

अनेसास बेल्जियमले बेल्जियमको नेपाली समाजका साहित्यिक एंव सामाजिक गतिविधिहरुलाइ संकलन प्रत्येक दुइ दुइ वर्षमा ‘बेल्जियममा नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने उदेश्यले साहित्य संरक्षण कोषको स्थापना गरेको छ  ।1

बेल्जियमको लुभेनमा आइतवार आयोजित भानु जयन्तीको अवसरमा शुरुमा २१०० युरो (करिव २ लाख पचास हजार रुपैया ) राशिको कोषको घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीले नेपालीहरुलाइ भाषिक एकीकरण गर्नुमा आदिकविको योगदान रहेको बताउदै  नेपालीहरुको साझा भाषा र साहित्यको संरक्षण कार्यले प्रवासमा रहेका नेपालीहरुको पहिचान जीवन्त राख्न मद्दत पुग्ने बताए ।

अर्का अतिथि एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले भाषा साहित्यको क्षेत्रमा अनेसासले गर्ने कार्यहरुमा सधै सहकार्य गरेर अघि बढ्ने बताए। सांग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क बहादुर केसी, युरो नेपाल कलाकार संघका अध्यक्ष पार्वती अधिकारी, नेपाली प्रवासी मंच बेल्जियम युरोप प्रतिनिधि नारायण अधिकारी, कलाकार मंच युरोपका योगिता थापा, जन प्रगतिशील मोर्चाका कुल मगर, इन्द्र धनुष क्लवका सुवर्ण अधिकारी, ब्रसेल्स मिलन केन्द्रका लोक शर्मा लगायत अन्य साहित्य अनुराधी उपस्थित कार्यक्रममा अनेसास युरोप क्षेत्रका उपाध्यक्ष विमल गिरी, एनआरएन बेल्जियमका सस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, एनआरएन आइसीसी सदस्य जानकी गुरुङ, व्यावसायी संघका अध्यक्ष चेत प्रसाद भट्ट र एनआरएन नर्वेका सस्थापक अध्यक्ष डा विशाल सिटौलाले शुभकामना व्यक्त गरेका थिए भने अनेसास युरोप क्षेत्रका महासचिव दीपेन्द्र केसीले भानुभक्तको जीवनी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भानुको सम्झनामा विमल गिरी, दीपेन्द्र केसी,नन्दराज घले, परमानन्द सापकोटा,माधब सापकोटा,जानकी गुरुङ, सीता सापकोटा, डिल्ली अम्माइ , नारायण अधिकारी, मोहन खत्री, योगिता थापा र दीपक ज्योति पौडेल लगायतले कविता सुनाएका थिए।

परमानन्द सापकोटाद्वारा संचालन गरिएको कार्यक्रममा अध्यक्ष दीपक पौडेलले नेपालीहरुका साहित्यिक एंव अन्य गतिबिधि लिपिबद्व गर्ने उद्वेश्यले कोषको स्थापना गरेको बताए।

झन्डै आधा दर्जन पुस्तक प्रकाशन गरिसकेको अनेसास बेल्जियमको युरोपका नेपाली कविहरुको संयुक्त कविता संग्रह ‘युरोपमा नेपाली कवि र प्रतिनिधि कविता’ नामक पुस्तक प्रकाशनको क्रममा रहेको छ।3

111