अनेसास बेलायतमा रूपक श्रेष्ठ

logoINLSअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको अध्यक्षमा डा. रूपक श्रेष्ठ चयन भएका छन् । जुलाइ २० शनिबार बसेको अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

सुमलकुमार गुरुङ तथा खगेन्द्र पाठक संयुक्तरूपमा सदस्य रहेको निर्वाचन मण्डलले श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नारायण गाउँले तथा महासचिव, सचिब र कोषाध्यक्षमा क्रमश: लक्ष्मी राई, तेजमान श्रेष्ठ र शशी थापा सुब्बा निर्वाचित भएका छन् ।

यसैगरी समितिका सदस्यहरूमा जया राई, जगत नवोदित, गोपीकृष्ण प्रसाईँ, नवराज घिमिरे तथा अजिता सिम्खडा रहेका छन् । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्बर्धनका लागि क्रियाशील नेपालबाहिरको सबैभन्दा ठूलो साहित्यिक संस्थाको रूपमा रहेको अनेसासका विश्वभर दर्जनौं शाखाहरू रहेका छन् ।