अनेसास जापानमा नयाँ कार्यसमिति

अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आठौं कार्यसमितीको अध्यक्षमा आलोक चालिसे र महासचिबमा बिष्णु प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ ।

logoINLSयस अघि गत महिना, जनवरीमा सम्पन्न २५औ साहित्यिक शृंखला एबम संस्थाको आठौं अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसके पछि नयां कार्यसमिती चयनको लागि इ-भोटिंग प्रक्रिया अप्नाइएको थियो ।

इ-भोटिंग मार्फत शुरु गरिएको निर्वाचन प्रक्रियामा अन्तिम समयसम्ममा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता परेपछि सवै कार्यसमिति निर्बिरोध चयन भएको हो ।

निर्वाचन समितिका संयोजक कुमारबाबु सिंखडाले दिनुभएको जानकारीअनुसार अध्यक्षमा र सचिबमा २-२ जनाको उम्मेदवारी परे पनि अध्यक्षमा उम्मेदवारी दिनुभएकी गायत्री पौडेले भोटिंग प्रक्रीयाको अघिल्लो दिन उम्मेदवारी झिकेर सर्वसहमतिकोलागि सहमति जनाउनु भएको थियो ।

त्यस्तै सचिबमा उम्मेदवारी दिनु भएका बुद्दिराज घिमिरेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभई सचिवका अर्का प्रतिस्पर्धी धिषण निरौलालाई समर्थन गर्नु भएको थियो । यता सहसचिवमा भने कसैको पनि उम्मेदवारी दाखिला भएको थिएन ।

संस्थाको नया कार्यसमितिमा उपाधक्ष पुष्कर जँग थापा, महासचिव बिष्णुप्रसाद घिमिरे, सचिवमा धिषण निरौला र कोषाध्यक्षमा श्रवण सत्याल चयन हुनुभएको छ ।

सदस्यहरुमा भगवती उप्रेती, दीपेन्द्र पाठक, कृष्ण के श्रेष्ठ काल्र्स, रमेश घिमिरे र प्रेमप्रसाद कँडेल चयन हुनुभएको छ । रिक्त सहसचिव पदमा नयाँ कार्यसमितिले चयन गर्ने बताइएको छ ।

कुमार सिंखडा संयोजक रहेको निर्वाचन समितिमा सदस्य द्वयमा डा. बेद प्रसाद काफ्ले र डा.अच्युत सापकोटा हुनुहुन्थ्यो । -सन्देश पोखरेल