अनलाईन ठगी मौलायो

सरकारले नेटर्वकिङ व्यवसायलाई बन्द गराए पनि अनलाईन नेटवर्किङ मार्फत सर्वसाधारण ठगिने गरेका छन्।
अस्ट्रेलियामा कार्यालय खोलेर नेपालमा कन्सल्टेन्सी, ट्राभल एजेन्सी, हुण्डी र नेटर्वकिङ व्यवसाय मार्फत सर्वसाधारण ठगिएका हुन् भन्ने समाचार नेपाल समाचारपत्रले उल्लेख गरेको छ ।
सो समाचारअनुसार, नेपालको नागरिकता त्यागेका अष्ट्रलियन नागरिक सुनिल उप्रेतीले द लास्ट मिनेट ग्र्याब डटकम अनलाईन माफर्त महंगो मुल्यमा सामान ठगी गरेको पीडितहरूले गुनासो गरेका छन्। उप्रेतीको आफ्नो नाममा कम्पनी दर्ता गर्दा अफ्ठयारोमा पर्ने भएका कारण रामप्रसाद उप्रेतीको नाममा कम्पनी दर्ता गरेको राजश्व अनुसन्धान विभागलेले जानकारी दिएको छ।
कन्सल्टेन्सी मार्फत उप्रेतीले अधिकतम १४ लाख रूपैयाँ लाग्ने भए पनि प्रतिव्यक्ति २४ देखि ३० लाख रूपैयाँसम्म असुली गर्दै आएका छन्। समाचारपत्रको जिज्ञासामा कन्सल्टेन्सीका एक कर्मचारीले भने,–’तपाई जाने नै हो भने अहिले १४ लाख रूपैयाँ लाग्छ।’ सरकारले सञ्चालन गर्न अनुमति दिएको अनलाईन माफर्त ठगी गरेको भन्दै पीडितहरूले उक्त नेटर्वकिङ बन्द गराउन आन्तरिक राजश्व विभागमा उजुरी गरेका छन्।
online fraudकानुन विपरीत सञ्चालन गरिएको नेटर्वकिङ व्यवसाय वन्द गराउनको गृह कार्य सुरु गरेको बताउँदै राजश्व विभागले कुनै पनि कम्पनी विना दर्ता सञ्चालन गरे कानुन अनुसार कारवाही हुने बताएको छ। उप्रेतीले अष्ट्रेलिया पठाउने नाममा नेपालबाट विद्यार्थी र सर्वसाधारणसँग मोटो रकम असुल गर्ने र अष्ट्रेलियमा लगेर अलपत्र पार्ने गरेको एक पीडितले बताए।
ती पिडितले भने,’ उप्रेतीको धन्दा अनेकन छन , एउटा व्यक्तिको नाममा एकै ठाउँमा तीन वटा कार्यालय सञ्चालन भएका छन्, पैसाको अगाडि कानुन पनि निरीह हुँदो रहेछ।’
उनले अष्ट्रेलियमा बसेर नेपालमा अनलाईन मार्फत ठगी गरिरहेको दावी गर्दै उप्रेतीले गरेको कामको विषयमा जान्न खोज्दा उल्टै आफूलाई ज्यान मार्ने धम्की दिएको नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य मनोज गौतमले बताउँनुभयो। उप्रेतीको विरुद्ध आफ्नै श्रीमती जेनिशा दाहालले नेर्टवकिङ व्यवसायमा सञ्चालन गरेको कार्यलयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुराचार गरेको भन्दै अष्ट्रेलियमा तीन वटा मुद्दा हालेको बताइएको छ। पुतलीसडकस्थित तरकारी बजार अगाडि रहेको एसएनएस ट्राभल प्वाइन्ट, एजुकेशन एण्ड माइग्रेसन कर्नर, ट्राभल प्वाइन्ट र लास्ट मिनेट ग्राभ डटकम तथा अन्य व्यक्तिहरूको नाममा राजश्व छलि गर्दै ठगी धन्दा गर्दै आएको स्रोतका दावी छ। सबै फर्महरूको सञ्चालक सुनिल उप्रेतीले गरेपनि चलाखीपूर्ण रूपमा उनले आफ्नो बुबा रामप्रसाद उप्रेतीको नाममा फर्म दर्ता गराएको बुझिएको छ। उपे्रतीले सम्पूर्ण अफिसको कारोबार सिड्नी अफिसबाट सञ्चालन गर्दै आएको स्रोतको भनाई छ। सञ्चालक उप्रेतीले काठमाडौंमा सञ्चालन गरेको कन्सल्टेन्सी मार्फत अष्ट्रेलियामा वर्किङ र ट्रेनिङ भिषासा पठाउने गरेको छन्।
कार्यालयको खाता वत्तीसपुतलीस्थित इन्भेस्टमेन्ट बैङक र मैतीदेवीस्थित नेबिल बैङमा रहेपनि कार्यालयको केही महिला कर्मचारीको व्यक्तिगत खाताबाट सञ्चालन गर्दै आएको एक कर्मचारीले बताए। उनले गरेको कामको विषयमा जिज्ञासा राख्दा उल्टै धम्की दिएको गौतमले बताउनुभयो। उहाँले भन्नुभयो,’अवैध काम गर्ने छुट कसैलाई पनि छैन, मैले सोध्दा सुनिल उप्रतीले ज्यान मार्ने धम्की दिएका छन, अष्ट्रेलियामा बसेर नेपालमा मलाई विभिन्न फोनबाट धम्की आइरहेका छन्।’