नवनियुक्त अध्यागमन मन्त्रीले माफी मागे

नवनियुक्त बेल्जियन अध्यागमन मन्त्री थियो फ्रान्केनले संसदमा माफी मागेका छन् । मन्त्री फ्रान्केन बेस्करी विवादमा तानिएका छन् । पदभार सम्हाल्दा सम्हाल्दै विवाद उग्र बनेपछि पद जोगाउन उनी माफी माग्न बाध्य बनेका हुन् । विवाद यति चर्कियो की विहीवार संसदमा सोसलिस्ट पार्टीकी एक महिला सांसदले उनलार्इ ‘मन्त्रालयको शिरमा एक रेसिस्ट रहने’ नै भनिन् ।

Theo Franckenफ्रान्केन विवादमा खिँचिनुका थुप्रै कारण छन् । एक त, नाजीका सहयोगी भनिएका एक प्राैढ राजनीतिज्ञको जन्मोत्सवमा हालै सहभागी भएकोमा उनको आलोचना भएको छ । दोस्रो, उनका केही रंगभेदी पुराना इमेलहरू सार्वजिक भएका छन् । उनको पार्टी NVA का एक कर्मचारी, जसले पछि पार्टी छोडे, बाट सो इमेल चुहिएका हुन् । तेस्रो, उनले सन् २०११ मा लेखेको फेसबुक स्टाटसले पनि आगोमा घ्यू थपेको छ । फेसबुक स्टाटसमा यहुदी, चिनियाँ र भारतीयहरूले जस्तो मोरक्कन, अल्जेरियन र कंगोली आप्रवासीबाट बेल्जियन अर्थतन्त्रमा योगदान नहुने खालको विचार उल्लेख गरेका थिए ।

मिडियादेखि संसदसम्म अध्यागमन राज्यमन्त्रीको बारेमा विवाद उल्झेपछि विवाद मत्थर गर्न संसदमा माफी माग्दै विहीवार उनले भने- “मान्छेहरूको मन दुःखाएँ भन्ने म महशुश गर्छु । यो मुलुकको हित गर्ने सबैलार्इ सममान गर्दै सबैको निम्ति काम गर्छु ।”

यसअघि, बेल्जियमका नवनियुक्त गृहमन्त्री र अध्यागमन मन्त्रीको नियुक्तीबारे संवेदनशील रूपमा चिन्तित रहेको कथन युरोपेली संसदका सोसलिस्ट लिडरले ब्यक्त गरिसकेका छन् ।