२० युरोको नयाँ नोट प्रचलनमा

20 euroचलनचल्तीमा रहेको २० युरोको नोट भन्दा उच्च गुणस्तरीय  २० युरोको नयाँ नोट बुधवार देखि प्रचलनमा आएको छ । यसले हाल प्रयोग भइरहेको नोटलाई केहि असर पार्ने छैन तर बिस्तारै विस्थापन गरिने छ।

युरोपमा २० युरोको नोट सबैभन्दा बढी प्रयोग हुने गरेको छ । नयाँ नोटमा हलोग्राम राखिएको छ । उक्त झ्याल भित्र प्रकाशको माध्यमले युरोपको पौराणिक चित्र देख्न सकिन्छ । २००२ देखि युरो लागु गरिएकोमा हाल सम्म ५ र १० युरोका नयाँ नोटहरू यस  अघि नै प्रचलनमा आइसकेका छन ।

त्यसै गरी  ५० युरोको नोटलाई पनि केहि समय पछाडी परिमार्जन गरिने भएको छ ।