होली

कविता p deepak
उठाएर काला धब्बा
पृथ्वीबाट सूर्यका किरणहरु
आकाश तिर उठेका छन
हावामा मौसम बदलिएको छ
अनौठो प्रतित भएको छ
एक बिचित्र दिव्य सन्तोष छ मनमा
लाग्छ यो मेरै लागी सुनौलो छ
आउ सुन्दर रंगहरुले रंगाउ मलाइ
रातो, निलो, हरियो वा पहेलो
जस्तो चाहन्छौं तिमी
रंगाईदेउ मलाइ
बनाइदेउ सुन्दर
केहीले देख्न सकुन
भित्री सुन्दरता
सबैले बुझ्न सकुन
त्यसैले
भिन्न भिन्न रंगहरुमा
रंगाई देउ मलाइ
हेर्ने सबैले आफैलाई देखुन

दीपकज्योति पौडेल , बेल्जियम