स्विजरल्याण्डबाट गगन थापाको अभियानमा सहयोग

नेपाली कांग्रेस युवा नेता गगन थापाले संचालन गरेको “मिलेर बनाऔ बिधालय अभियान” नामक अभियानलाई जनसम्पर्क समिति  स्विजरल्याण्डले  आर्थिक सहयोग गरेको छ। समितिका अध्यक्ष राम कुमार महतो र पुर्व अध्यक्ष गुणराज शर्माको विशेष पहलमा थालिएको अभियानबाट संकलित एक हजार (१०००) स्विस फ्रेन्क “मिलेर बनाऔ बिधालय अभियान” लाई प्रदान गरिएको हो ।

युवा नेता थापाले  भूकम्पबाट प्रभावित बिधालय पुनर्निर्माणको लागी मिलेर काम गर्न अभियान चलाएका हुन् ।