सीड्नीमा तीजको रमझम

हरितालिका तिज आउन एक महीना बाकी भएएपनि अस्ट्रेलियामा तिजको चहलपहल प्रारम्भ भैसकेको छ।

एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा शनिबार सिड्नीमा भब्य तिज कार्यक्रम सम्पन्न भयो। करिब तीन सय महिलाहरुको बाक्लो उपस्थितिमा तिजका भिन्न भाका र लयमा कम्मर मर्काउदै नेपाली आमा दिदी बहिनीहरुले तिजको रहर पुरा गरेका छन्।

teej-australiaसिड्नीको ग्रानभील अवस्थीत ब्लाउजा हलमा कचाकच भरिएको महिलाहरुको भिडले करिब चार घन्टा तिजका भिन्न भाकामा नाचगान गरेर रमाइलो गरेका थिए। प्रवासको ब्यस्त जिवनलाई थाँती राखेर नेपाली लोकलयमा धोको फुकाएर नाचेको दृष्य साच्चीकै हेर्न लायक थियो।

सात समन्द्र पारी अस्ट्रेलियामा आएर पनि सामुहीक रुपमा तिजको मौका पारेर रमाइलो गर्न पाउनु सौभाग्यको बिषय भएको नारी नीकुन्जकी अध्यक्ष सृजना संग्राैलाले बताइन्। उनले एनआरएनको अभियान अन्तर्गत महीला शसक्तीकरणको एउटा पाटोको रुपमा यो कार्यक्रम रहेको समेत बताईन। यस्ता कार्यक्रमले हाम्रो संस्कृती बचाउने काम गर्छ, संग्रौलाले भनिन्। उनले यस्ता कार्यक्रमले नेपाली समाजलाइ जाेड्ने काम गर्ने समेत बताइन।