सलमानखान को ‘बजरंगी भाईजान’ले तोड्यो बक्स अफिसका ५ रेकर्ड

सलमान खानको गत शुक्रबार सार्वजनिक भएको चलचित्र ‘बजरंगी भाईजान’ले बक्स अफिसका केही रेकर्डहरू तोडेको छ । एक नयाँ र फरक कथावस्तु भएको र निर्देशन पनि फरक ढंगले गरिएको चलचित्रले बक्स अफिसका ५ वटा रेकर्ड तोडेको हो ।

यो चलचित्रमा ‘पवन’को भूमिका निर्वाह गरेका सलमानको यो भूमिका अहिलेसम्मकै सर्वोत्कृष्ट रहेको मानिएको छ । उनका साथै बालिकाको भूमिका निर्वाह गरेकी हर्षाली मल्होत्राले पनि निकै प्रशंसा बटुलेकी छिन् ।

Bajarangi Bhaijaan

  • ईदको सबैभन्दा राम्रो सुरूवात : १७ जुलाई २०१५ मा ईदको अवसरमा सार्वजनिक गरिएको चलिचत्र सलमानको लागी सबैभन्दा ठूलो ‘इद ओपनिङ्ग’ भएको छ । यो चलचित्र सार्वजनिक भएको दिनमा २७.२५ करोड भारतीय रूपैयाँको कारोबार गरेको छ, जुन उनको पछिल्लो चलचित्र ‘किक’ भन्दा धेरै हो ।
  • २०१५को सबैभन्दा ठूलो ओपनिंग : सन् २०१५ मा सार्वजनिक भएका चलचित्रमध्ये ‘बजरंगी भाईजान’ले पहिलो दिनमा सबैभन्दा धेरै कमाई गरेको छ । यसले वरूण धवनको ‘एबीसीडी-२’ लाई पनि पछि पारेको छ ।
  • सलमानको चलचित्रमध्ये एक दिनमा सबैभन्दा धेरै कमाई : सार्वजनिक भएको दोस्रो दिन सलमान खानको यो चलचित्रले ३६.५० करोड भारतीय रूपैयाँ कमाई गरेको छ । यो सलमानको चलचित्रमध्येको एक दिनको सबैभन्दा धेरै कमाई हो ।
  • भारतमा मात्र नभएर विदेशमा पनि ‘बजरंगी भाईजान’ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकामा यसले ‘किक’को रेकर्ड तोडेको छ ।
  • अमेरिकामा बक्स अफिस चार्टमा दशौ नम्बरमा : शुक्रबार अमेरिका र क्यानडामा सार्जनिक भएको चलचित्रले बक्स अफीसमा करीब ७ लाख डलर कमाई गरेको छ । यसका साथै अमेरिका र क्यानडामा बक्स अफिसमा दशौ नम्बरमा पर्न समेत सफल भएको छ ।