‘सम्बन्धविच्छेद’ कथासंग्रह विमोचित

सिर्जना अभियान, भक्तपुरको आयोजनामा कथाकार धनमान श्रेष्ठको कथासंग्रह सम्बन्धविच्छेदको विमोचन गरिएको छ। कार्यक्रममा नेपाल नाट्यकला प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले नेपाली कथाकारिताको स्थिति, विषयवस्तुको व्याख्या गर्दै श्रेष्ठको कथाकारिताको प्रशंसा गर्नुभयो। अभियानका सचिव कथाकार धु्रव मधिकर्मीले स्वागत मन्तव्य राख्नुहुँदै श्रेष्ठ पुरानो पृष्ठभूमि बोकेका तर नयाँ विचारका कथाकार रहेको बताउनुभयो।

साहित्यकार तेजेश्वरबाबु ग्वंगको सभापतित्वमा भएको कार्यक्रममा जनमतका प्रधान सम्पादक मोहन दुवालले सामाजिक क्षेत्रमा क्रियाशील कथाकार धनमाया श्रेष्ठको गन्तव्य राष्ट्रिय रहेको बताउँदै आफ्नो पुरानो साहित्यिक सम्बन्धको चर्चा गर्नुभयो। कथाकार श्रेष्ठले आफूले देखेका, सुनेका र अनुभूत गरेको विषयवस्तुलाई नै कथामा प्रस्तुत गरेको बताउनुभयो।