Aug 142015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

समय नै नपुगि जन्मिएको बच्चालाई बेवारिसे अवस्थामा कार्टुनमा राखेर महोत्तरीमा एक महिला बेपत्ता भएकी छन् ।

 

आफैले जन्माएको सन्तानलाई सामान राख्ने कागजको कार्टुनमा छाडेर बेपत्ता भएकी छन् । महोत्तरीको लठियानी गाउँ नजिकैको रातो खोलामा कार्टुनमा राखिएको अवस्थामा नवजात बालिका फेला परेकी छिन् ।

जन्मिने वितिकै कसैले कार्टुनमा राखेर फालेकी ती बालिकालाई  जनकपुरस्थित कविर अनाथ बाल आश्रममा राखिएको छ । कार्टुनमा नवजात शिशु चिच्याई रहेको एक जना गाउँलेले थाहापाएर जानकारी दिएको र शिशुलाई तत्कालै ल्याएर औषधि उपचार गराई आश्रममा राखिएको आश्रमका सञ्चालक सत्यनारायण आलोकले जानकारी दिनुभयो ।

डाक्टरले भेटिएकी शिशु सात महिनामै जन्मेकाले स्वास्थ्यमा समस्या आएका बताएका छन् । साथै शिशुकी आमाले गर्भपतन गराउने औषधि प्रयोग गरेको हुन सक्ने डाक्टरहरुको भनाई छ

 Leave a Reply

(required)

(required)


*