सत्ता समिकरणका खेलाडि ओली उपचारार्थ बैँकक जाँदै

KP Oliदोस्रो ठूलो सत्तारुढ दल एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता तथा सत्ता समिकरणको चर्चामा नयाँ प्रधानमन्त्री भनिएका केपी ओली नियमति उपचारका लागि भोली बैँकक जाने भएका छन् ।
अध्यक्ष ओली बुधबार मध्यान्ह थाई एयरवेजको उडानबाट बैँकक जान लागेको एमाले प्रचार विभागले जानकारी दिएको छ ।
यसअघि अध्यक्ष ओलीले बैँककमा आफ्नो उपचार गराएका थिए । मृगौला प्रत्यारोपण गराएका अध्यक्ष ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।