Aug 232016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

युवराज गुरुङ ,        खास गरी सन २००० को सेरोफेरोमा केहि बिकासोन्मुख राष्ट्र र अन्तरराष्ट्रिय संघ संस्थाले बिशिष्ट महत्वकाँक्षाका साथ yubaआगामी २० बर्ष अर्थात सन २०२० सम्ममा के कति लक्ष हासील गरी निर्धारित तहमा पुग्ने भन्ने अबलम्बन गरिएको अबधारणा नै ‘भिजन २०’ हो । अहिले सन २०१६ को उत्तरार्धमा आएर एनआरएनएले पनि सोही प्रकृतिको नीति नियम र योजना तर्जुमा गर्दै ‘भिजन २० एन्ड बियोण्ड’ नाराको शँखघोष सहित अमेरिकाको न्यू जर्सीमा संघको नवौं छेत्रीय सम्मेलन यही सप्ताहन्तमा सम्पन्न हुन गै रहेको छ ।

संस्थाको शुरुवाती सन २००३ मा भएर १३ बर्षको अनवरत यात्रा पछि हाल सम्म बिधिवत रूपमा ७३ मुलूकमा आफ्नो औपचारिक सँजाल स्थापित गर्न सफल भएको छ । संस्थाको भूमिका र दायित्व अनि मुलूक र डायस्पोरल जनचाहना बिजगणितिय अनुपातमा ब्रिद्धी भै रहेको छ तर संस्थाको आन्तरिक अवस्था र सर्बाङिण पक्षमा दिगो बिकास भने अँकगणितिय अनुपातमा पनि ब्रिद्धी हुन हम्मे हम्मे परी रहेको छ । झाँगिदो संरचनालाई ब्यबस्थित गर्न, नितिगत एकरूपता कायम गर्न र सन्तूलित अनुगमन गरी लक्ष हासिल गर्न चुनौती त छदैछ, सँग सँगै सबै उमेर सबै पेशा र मिश्रित भुगोलमा अबस्थित एनआरएन समुदायलाई साझा लक्ष प्राप्तिका लागि सर्बदा उत्प्रेरित र सकृय राख्न उत्तिकै मुश्किल पनि छ ।

‘भिजन २०’ को अबधारणा ढिलै भए पनि आएको छ र यसले संस्थागत रूपमा छलफल बिमर्श गर्ने निधो तय गरेको छ । तर यो अबधारणा बारे आन्तरिक गृहकार्य गर्न किन ढिला र कंज्युस्याइ गरिएको होला भनेर टिप्पणी गरी हाल्न हतारो हुन सक्छ अहिले नै । तर संस्थागत अभियानमा निरन्तर लागि रहेका अभियन्ताहरुलाई भने यस अबधारणाको प्रबेशले कौतूहलयुक्त झड्का लागेको हुनु पर्छ । यो अबधारणा आयतित हो कि आफ्नै मझेरिमा श्रिजित हो भन्ने तर्कहरु पनि सतहमा आउन थालेका छन् । अबस्य पनि कुनै उन्नत र प्राबिधिक पक्षका अबधारणालाई दक्ष टोली मार्फत संस्थाभित्र भित्र्याइने प्रयत्न गरिनु सर्बथा स्वभाबिक मानिन्छ । तर संसारभरका प्रतिनिधिहरु सम्मिलित सम्मेलनको मध्यान्हमा निश्चित पद सम्हालेकाहरु बिच सिमित भै बन्द सत्र मार्फत ‘भिजन २०’ बारे निर्णयमा पुग्दैछन भन्ने सन्देश सार्वजनिक हुनु चाँही सम्मेलन स्थल पुगेका प्रतिनिधि पर्यबेक्षकहरुका लागि सुखद खबर नहुन सक्छ । सामान्यतया कुनै पनि सभा सम्मेलनमा तय गरिने कार्यक्रम, एजेण्डा र परियोजनाहरु सो अगावै सम्बन्धित निकाय वा तहमा प्रारम्भिक छलफल गरेर निर्णयका साथ अन्तिम अनुमोदनका लागि पेश गरिने चलन र मान्यतामा प्राय सबै अभ्यस्त भएका हुन्छन । यस अर्थमा ‘भिजन २०’ को अबधारणा आँफैमा सुन्दर भए पनि प्रस्तूति शैलि प्रति प्रश्न उब्जन गएमा त्यसलाई स्विकार्न पनि नेत्रित्व तयार हुनु पर्दछ ।

के होला भिजन २० ?
अनुमान सम्म यसरी लगाउन सकिन्छ – ‘भिजन २०’ को अबधारणाले संस्थालाई आर्थिक रूपमा आत्मानिर्भर गराउने, संस्थागत सुद्रिढिकरण गराउने र अन्तत सर्बाङिण पक्षमा संस्थाको दिगो बिकासका लागि तालिकाबद्ध रूपमा अघि बढाउने एउटा ब्रिहत्तर परियोजना हो भन्ने लाग्छ । संस्थाले गन्तब्य र लक्ष निर्धारणा गरे पछी त्यो प्राप्तिको लागि संस्थाको बिद्दमान स्थितिलाई वास्तबिकताको धरातलमा उभिएर पहिचान गर्नु श्रेयस्कर हुन्छ । संस्थाको बर्तमान नेत्रित्वले ल्याएको यो महत्वकांक्षी परियोजनालाई सफलिभूत बनाउन यि तलका केही चुनौतिपूर्ण यथार्थहरुलाई आत्मासात गर्नु पर्दछ र तिनलाई तत्काल सम्बोधन गरी आबस्यक ब्यबस्थापन गरिनु पर्दछ । चुनौतीहरु सामान्यतया २ तहमा बिभाजन गरी केलाइनु उपयुक्त मानिन्छ ।

आन्तरिक चुनौती :
१, संस्थाको आन्तरिक संरचना, सांगठानिक सुद्रिढिकरण, बिधान नियमावली, आचार सँहितालाई कडाइका साथ पालना गरी ब्यबस्थित तवरमा लागु गरिनु पर्दछ । केन्द्रको आफ्नै बिधानलाई अद्दावधिक राखी सबै एन सि सिहरुको बिधानलाई केन्द्रिय वेबसाइटमा प्रकाशित गरिनु पर्दछ ।
२, केन्द्रबाट जारी नियमावलीलाई प्रकाशन, कार्यान्वयन र अनुगमनमा चुस्तता प्रदान गरिनु पर्दछ ।
३, पुरस्कार, दण्ड र प्रशिक्षणको ब्यबस्थालाई अंगिकार गरिनु पर्दछ ।
४, निर्वाचनताका अाचार सँहिता, अनुगमन पर्यबेक्षणलाई ससक्त ढंगले परिचालन गर्न सक्नु पर्दछ ।
५, केन्द्र माताहतका बिभिन्न समिति, उपसमिति र कार्यदललाई भुमिका प्रदान गरी तिनलाई सकृय बनाइनु पर्दछ ।
६, एन सि सि र आइ सि सिले आफ्नो कार्यकालको बजेट प्रक्षेपण गर्नु पर्ने अनिबार्य ब्यबस्था लागु गर्नु पर्दछ । यसरी घोषणा गरिने बजेटमा स्थानिय माग, आवश्यकता र क्षमताको आधारमा बिभिन्न शिर्षकमा बजेट बिनियोजन गरीनु पर्ने प्राबधान हुनु पर्दछ । बजेटको बैज्ञानीक बितरण र उपयोगलाई केन्द्रले अनुगमन गरिनु पर्दछ ।
७, एन सि सिको दक्षता र क्षमता अभिब्रिद्धी गरी मुलूक प्रतिको योगदान पुर्याउने हैसियतलाई बढाउनु पर्दछ ।
८, धार्मिक, राजनीतिक र जातिय सरोकारका बिषयमा संस्थाले असँलग्न हुने निति अबलम्बन गर्नु पर्दछ ।

बाह्य चुनौती :
१, सस्थाको नेत्रित्व चयन, निति निर्माण र कार्यान्वयनमा राजनीतिक दल तथा नेता कार्यकर्ताको हस्तक्षेप र भूमिकालाई निरुत्साहित गर्ने ।
२, संस्थाको साझेदारी राष्ट्रिय अन्तरराष्ट्रिय संघ संस्थासँगको सहकार्य, सन्धि सम्झौतालाई तल्लो तह सम्म पारदर्शीका साथ पुर्याउने ।
३, संस्थाको निर्माणाधिन परीयोजनाहरु, प्रक्षेपित योजनाहरु र प्रस्तावित लक्षहरुलाई एन सि सिको जनस्तरमा पुर्याउने ।
४, बिकास, पूर्बाधार, लोक कल्याणकारी र नाफामूलक परीयोजनाहरुको बर्गिकरण गरी पारदर्शिताका साथ जनस्तरमा पुर्याउने ।
५, संस्थाको माध्यम उपयोग गरी नाफामूलक क्षेत्रमा गरिएको सामुहिक लगानिको निस्चित प्रतिशत लाभाँश संस्थालाई हुनु पर्ने प्राबधानको सुनिशित गर्ने ।
६, दोश्रो पुस्ताका सन्ततिलाई एन आर एनको मूलधारमा समाहित गरी तिनलाई नेपाल प्रति निरन्तर लगाव राख्ने दिर्घकालिन बातावरणको बिकास गर्ने ।

एन आर एन अभियानलाई केन्द्रको उचाइबाट हेर्दा जति शान्त, बिशाल र आत्मासन्तुष्टी प्रदायक देश प्रेमिहरुको भावनात्मक सम्बन्धको बिम्ब प्रतित हुन्छ, एन सि सिको जनस्तरबाट हेर्दा त्यति सहज देखिदैन । एन सि सि भित्रको भद्दा ब्यबस्थापन, खिचातानी र उदार कार्यशैलिको कारण नेपालीहरुको कूल सँख्याको थोरै प्रतिशत मात्रले पन्जिक्रित सदस्यता लिन्छन । एन सि सिमा काम गरी सकेका अभियन्ताहरु एन आर एन अभियानलाई निकै जटिल, चुनौतिपूर्ण र असहज परिस्थितिहरु माझ स्थापित सकारात्मक उपलब्धीको रूपमा स्विकार्छन । अधिबेशन मार्फत नेत्रित्व चयन गर्ने देखि लिएर, मनोनयन गर्ने, निति तथा कार्यक्रमहरुको कार्यान्वयन् गर्ने गराउने चरणहरुमा उत्पन्न बिकराल स्थिति माझ कैयन एन सि सिहरुमा लामो समय सम्म तिक्तताले जरो गाडेको हुन्छ । केन्द्रिय अधिबेशनताका देखिने चुनाबी बातावरणले पनि कैयन एन आर एन अभियन्ताहरुलाइ आफ्नै भूमिमा आँफैले स्विकारेको आदर्श बिपरितका चर्तिकलाहरुको साक्षी बनी रहनु पर्ने बाध्यता पनि एकातिर छ । केन्द्रिय अधिबेशनताका राजनीतिक दलका दोश्रो तहका नेताहरुले खुलेर उम्मेदवारको पक्ष बिपक्षमा लबिङ गरेको द्रिष्य अब दोहोरिनु हुन्न भन्दै एन आर एनमा राजनीतिक दलको हस्तक्षेप भएको कुरालाई केन्द्रकै पदाधिकारीहरुले स्विकार्ने गरेका छन । यसर्थ संस्था भित्रको यो अवस्थालाई त्यतिकै ढाकछोप गरेर कुनै दूरगामी भिजनको कुरा मात्र गरिनाले पनि कुनै सार्थकता पाउने छैन । आइ सि सिले अनुमोदन गरी सकेको नियमावली र अाचार संहितालाई अक्षरस पालना नगर्ने हो भने र यही रबैया गर्ने र गराउन दिने हो भने अभियानको यात्रामा कुनै मोडमा दूर्घटना पनि हुन सक्छ भन्नेमा नेत्रित्व सजग रहनु पर्दछ ।

‘भिजन २०’ अन्तर्गत एन आर एनका हाल सम्मका उपल्ब्धिहरुलाई संस्थागत गर्दै उन्नत पद्दतिको बिकास गरी दिगो र स्वाबलम्बन ब्यबस्थापन मार्फत अभियानका आदर्शहरुको जगेर्ना गर्नु पहिलो कर्तब्य हुन आउछ । डायस्पोरामा हुर्केका दोश्रो पूस्ताका सन्ततिहरु जसलाइ ‘जुनियर एन आर एन’को रूपमा बिधानत सम्बोधन गर्ने ब्यबस्थाबारे पनि बिगतमा छलफल भएको थियो । एन आर एनको मूल धारमा आकर्षित गरी तिनिहरुको ब्यब्स्थापन गर्नु, जुनियर एन आर एनहरुलाई एन सि सिको बजेटबाट अतितिरिक्त कृयाकलापमा सहभागि गराउन आकर्षक बजेट र कार्यक्रमको योजना तर्जूमा गरेर पनि त्यो बर्गलाई समाहित गर्न सकिन्छ । आर्थिक रूपमा स्वाबलम्बन हुन दिगो आम्दानीका श्रोतहरु पहिल्याउनु, नाफामूलक सामुहिक लगानी मार्फत संस्थालाई लाभाँशको ब्यबस्था गर्नु जस्ता प्राबधानहरुलाई ‘भिजन २०’ ले आत्मासात गर्न सक्छ भन्ने लाग्छ । नेत्रित्व परिवर्तनले खासै प्रभाबित गर्न नसक्ने दिर्घकालिन पद्दतिको बिकास गरी सोही अनुसारको कार्यबिधी र योजना तर्जुमा गर्न सकियो भने ‘भिजन २०’ र त्यो भन्दा टाढा ‘बियोण्ड’लाई पनि सम्बोधन गर्न सक्छ भन्ने विश्वास छ । संस्थाको हितमा चिन्तन गर्ने यस्तो एेतिहासिक अबसरमा प्रतिनिधिहरुलाई बाहिर राखेर ‘भिजन २० एण्ड बियोण्ड’ प्रक्षेपणलाई नेत्रित्वले अपूरो नबनाउलान भन्ने मेरो पनि विश्वाश छ । नवौ छेत्रीय (केन्द्रिय वार्षिक साधारण सभा ?) सम्मेलनको सफलताको शुभकामना । धन्यवाद ।

सँखुवा सभा, हाल बेल्जियम

 Leave a Reply

(required)

(required)


*