संजय दत्त जेलमुक्त हुदै

बलिउड फिल्म अभिनेता सञ्जय दत्त पाँच वर्षको जेल जीवन काटेर बिहीबार बिहान रिहा हुँदैछन्।  १२ मार्च, १९९३ को मुम्बई 23TH_SANJAY_DUTT_1628086fविस्फोट मामिलामा अवैध हतियार राखेको अभियोगमा  दत्त महाराष्ट्रक यरवदा जेलमा  छन  ।
एक भारतीय अधिकारीका अनुसार सञ्जय २५ फेब्रुअरी बिहान करिब नौ बजे जेलबाट बाहिर आउनेछन् । उनलाई लिनका लागि पत्नी मान्यता, छोराछोरी र परिवारका अन्य सदस्य अदालत पुग्दैछन् ।
 सञ्य दत्‍त रिहा हुने भएपछि उनका फ्यान खुसी भएका छन् । एक होटलका मालिकले सञ्जय दत्त रिहा हुने दिन ‘चिकेन सञ्ज बाबा’ डिश सित्तैमा खुवाइने घोषणा गरेका छन् । समाचार अनुसार जेल प्रशासनले सुरक्षा कारण जनाउँदै दत्त परिवारले सञ्जयलाई बाहिरी संसारमा स्वागत गर्न पाउनुपर्ने अनुरोधलाई खारेज गरिदिएको छ।
स्वाग कार्यक्रम गरिँदा सञ्जयका हजारौं फ्यान जम्मा हुने भएकाले त्यसो गर्न नदिने निर्णय जेल प्रशासनले गरेको हो ।