विशेष पेज

 

उपेन्द्र यादवको पार्टीले कति स्थानमा जित्यो?

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले ६ वटा स्थानीय तहमा विजय हासिल गरको छ। रूपन्देहीका ३ वटा गाउँपालिकामा समाजवादी फोरम विजयी भएको छ। बाँके, सुनसरी र कपिलबस्तुमा १/१ गाँउपालिकामा समाजवादी फोरम विजयी भएको हो।

रुपन्देहीको मर्चवारी गाँउपालिकामा समाजवादी फोरमका केशबनन्द बाँनिया प्रमुखमा र सुनीता कल्वार उपप्रमुखमा विजयी भए। रोहिणी गाँउपालिकाको अध्यक्षमा फोरमका समाद यादव विजयी भएका छन्। गैडहवा गाउँपालिकामा बचुलाल कवट अध्यक्षमा र उपाध्यक्षमा संगिता यादव विजयी भएका छन् ।

Sorry, the comment form is closed at this time.