विप्लप माओवादीले भन्यो, जातिय मुद्दा मुलुकको लागि अभिशाप

Netra-Bikram-Chandविभिन्न राजनैतिक दलहरुभित्र र बाहिर जातीय मुद्वा मौलाईरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले ‘जातीय मुद्दा’ मुलुकको लागी अभिशाप भएको निश्कर्ष निकालेको छ| पार्टीको संघर्षको कार्यक्रम तथा भावी योजनाबारे छलफल गर्न झन्डै चार दिन देखि धरानमा बसेको केन्द्रीय समितिको वैठकले उक्त निष्कर्ष लिकालेको हो|

पार्टीमा वर्गीय मुद्दाहरुको बारेमा बहस र छलफलहरु हुनुको सट्टा पार्टीका जनजाति नेता कार्यकर्ताहरुले जनजातिको अधिकारबारे पार्टीको धारणा के हो भनेर सोध्ने गरेको बैठकमा सहभागी एक नेताले बताए|

बैठकमा पार्टीमा उठ्ने गरेको जातीय अधिकारका सवाल र पार्टीका अहिले सम्मका कार्यक्रम तथा गतिविधिबारे राम्रैसँग समीक्षा तथा बहसहरु भएको छ|

पार्टीका विभिन्न जबस मोर्चाको तर्फबाट संघर्षका कार्यक्रमहरु गर्ने तथा पार्टीलाई अर्धभूमिगत शैलीमा अघि बढाउने रणनीति अघि बढाउँदै आएको विप्लव माओवादीले पार्टीका वैठक तथा प्रशिक्षणमुलक कार्यक्रमहरु राजधानीबाहिर गर्दै आएको छ|