विकास पत्रकारीता सम्मान वरिष्ठ पत्रकार मैनालीलाई

वरिष्ठ पत्रकार मोहन मैनाली विकास पत्रकारिता सम्मान–२०७४ बाट सम्मानित हुनुभएको छ । विकास पत्रकार मञ्च (फोडेज)को विहिबार राजधानीमा आयोजित एक समारोहमा उहाँ सम्मानित हुनुभएको हो ।

लामो समयदेखि पत्रकारिताको माध्यम मार्फत विकासको क्षेत्रमा कलम चलाउनु भएको भन्दै उहाँलाई यस वर्ष सम्मान गरिएको हो ।

मञ्चले यस विधामा सम्मान गर्दै आएको यो दोस्रो पटक हो । पहिलो पटक यस सम्मानबाट पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झा सम्मानित हुनुभएको थियो ।