“वडा नम्वर ६” प्रदर्शनमा

Ward-number-6हाँस्य कलाकार दीपाश्री निरौला, दिपकराज गिरी र निर्मल शर्माले संयुक्त रुपमा निर्माण गरेको चलचित्र “वडा नम्वर ६” आजबाट प्रदर्शनमा आउन लागेको छ।

काठमाडौँ उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शन हुने यो चलचित्रले तहल्का मच्याउने निर्माता निर्देशकको दावी छ। छ एकाने छको सफलताबाट हौसिएका यि कलाकारहरुले वडा नम्वर ६को निर्माण गरेका हुन्।

उज्जव घिमिरेले निर्देशन गरेको यो चलचित्रमा दिपकराज, दीपाश्री, प्रियंका कार्की, सिताराम कट्टेल ‘धुर्मुस’, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, अरुणा कार्की, बुद्वि तामाङ्गलगायतको अभिनय रहेको छ।