लुम्बिनी कपिलबस्तु विश्व अभियान बेल्जियममा आचार्य

kapilलुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमको अध्यक्षमा दामोदर आचार्य निर्वाचित भएका छन । आइतवार बेल्जियमको लुभेनमा सम्पन्न अभियानको अधिवेशनबाट उपाध्यक्षमा अनिता लामा, महासचिब नन्दराज घले, सचिव ग्रीत क्याटरुसे, कोषाध्यक्ष बाबुराम शर्मा चयन भएका छन।

त्यसै गरी सदस्यहरुमा सीता सापकोटा, रजनी प्रधान, युवराज गुरुङ, बेर्नार्ड ब्राइम, कल्पना मगर, सीमा सुवेदी, श्रीराम प्रसाई, पिडी शेर्पा, जोगमान तामांग, दुर्गा भट्टराई, सौरभ कारंजित र रामचन्द्र सुवेदी रहेका छन।
कार्यक्रममा नेपाल देखि संसदिय अभ्यास सम्वन्धी कार्यक्रमको लागी फिनल्याण्ड आएका नेकपा एमालेका नेता एंव सांसद विकाश लम्सालले विदेशमा गरिने यस्ता खाले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने वताए।

नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीले बुद्व दर्शनबारे बताउदै लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए।

त्यसै गरी एक्टिभ इन्टरनेशनल फेडेरेसन एआइएफ बेल्जियमकी निर्देशक वीन्डी स्यालेन्दरले नेपाली संघ सस्थाहरु आइएफ संघ मिलेर काम गरेकोमा शुखी व्यक्त गर्दै शुभकामना व्यक्त गरिन । उनले सक्ने सहयोग सधै उपलब्ध गराउने जानकारी गराउदै लुभेन क्षेत्रमा साण्डी भान देन आबेलले हरेक किसिमले सहयोग प्रदान गर्दै आइरहेको जानकारी गराईन ।
कार्यक्रममा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठले प्रवासमा हुने गरेका  नेपाली गतिविधिहरु नेपाल र नेपाली कै हितका  लागी  गरिदै आएको चर्चा गर्दै कार्यक्रमको सफलताको शुभकामना दिए ।

त्यसै गरी एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम , एसिया फोरमका अध्यक्ष  लिला शर्मा मानन्धर लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा बेल्जियम स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रम संयोजक विमल गिरीको अध्यक्षतामा र जानकी गुरुंगको संचालनमा सम्पन्न कार्यक्रममा सीता सापकोटाले शुभकामना मन्तव्य राखेकी थिइन।

लुम्बिनी कपिलबस्तु विश्व अभियान बेल्जियम सन् २००९ मा स्थापना भएको थियो। झन्डै ७ वर्षको अवधीमा प्रथम अधिबेशन सम्पन्न भएको हो।

फोटो क्रेडिट / गंगाधर गौतम