Sep 012016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

एजेन्सी , प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई अमेरिकामा सामान्य रुपमा लिइन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ भन्ने । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ ।प्रेमिकाको लभबाइटका कारण प्रेमीको मृत्यु

मेक्सिकोका १७ वर्षीय जुलियो गोन्जालेज आफ्नी २४ वर्षीया प्रेमीकासँग केही समयसँगै बिताएपछि घर फर्किएका थिए । आफ्ना अविभावकसँग डिनर गरिरहेका गोन्जालेज अचानक अर्धचेत भएपछि अनलाई अस्पताल लगिएको थियो ।

जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। अस्पतालले दिएको रिपोर्ट अनुसार लभबाइटपछि उनको गर्धनमा रगत जमेको थियो । जुन ब्लड क्लट उनको दिमागसम्म पुगेको र त्यसैको स्ट्रोकका कारण मृत्यु भएको हो ।

गोन्जालेजका अविभावकले आफ्नो छोराको मृत्यु लभबाइका कारण भएको र यसमा उनकी प्रेमिका दोषी रहेको बताएका छन् । हाल गोन्जालेजकी प्रेमिका फरार छिन् ।

 Leave a Reply

(required)

(required)


*