May 262015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपालको काठमान्डौ स्थाई घर भै बिगत सात बर्ष देखि बेल्जियममा बसोवास गर्दै आएकी योगिता थापा २९ देखि ४० बर्ष सम्मको टप मोडल बेल्जियम सिनियर २०१६ को सेमिफाइनलमा पर्न सफल भएकी छिन । उक्त उमेर समुहको सेमिफाइनलमा पुग्ने उनि पहिलो नेपाली महिला हुन।प्रत्येक बर्ष प्रतियोगिताको आयोजना गरिन्छ ।बेल्जियमको सार्लुवा शहरमा जुन ५ मा चालिस जना प्रतिस्पर्धी बीच सेमिफाइनलको नजिता सार्वजनिक गरिनेछ।

किड्स, जुनियर र सिनियर गरि तिन समुहमा विभाजित प्रतियोगितामा सबै उमेर समुहका चार सय प्रतिस्पर्धी रहेका छन ।भोटकोआधारमा फाइनल प्रतिस्पर्धीहरुको छनोट गरिने भएको हुदा थापाले सबै नेपाली शुभेच्छुकहरुलाई भोट दिन आग्रह गरेकी छिन। यस प्रतियोगिता नेपालीहरुको गौरबको बिषय भएको उल्लेख गर्दै  ‘मुलुक बिपत्तिमा परेको बेला आफुलाई समाल्दै प्रतिस्पर्धामा उत्रेकी छु, उपाधि जितेमा सबै पुरस्कार भूकम्प पिडितको लागी खर्चिनेछु।‘  उनले भनिन।

उनलाई बेल्जियम , फ्रान्स र लक्जेम्बर्गबाट मोवाइल एसएमएस मार्फत भोट दिन सकिन्छ। उनलाई भोट दिनको लागी बेल्जियमबाट TMBC507लेखि 3556, फ्रान्सबाट TMBC507लेखि 81013 र लक्जेम्बर्गबाट TMBC507लेखि 64747 मा पठाउन सकिन्छ।

भारतको नयाँ दिल्ली स्थित आईआईएफटिबाट फेशन डिजाइन र मलेसियाको जेएफ ब्युटी एकेडेमीबाट ब्युटी कोर्समा स्नातक गरेकी थापा प्रवासमा रहेर पनि नेपाली कलाकारिताको क्षेत्रमा सक्रिय छिन। उनले युरोप मै छायांकन गरिएको गायिका दिब्य ज्योति बिष्टको ‘नआउ नजरमा…’ र गायक ओमविक्रम बिष्टको ‘आवाज देउ..’ , बोलको गीतमा अभिनय गरेकी छिन। त्यसै गरी बेल्जियन कलाकार डिजे रोक्सले तयार गरेको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेकी छिन।

बेल्जियमका बिभिन्न शहरमा झन्डै पन्ध्र महिना अघि देखि कार्यक्रमको आयोजना गरि प्रतिस्पर्धीहरु छनोट गरिएको थियो । प्रतियोगिताको अन्तिम स्पर्धा भने आगामी बर्ष गरिनेछ।

-अन्जन शर्मा 

YOGITA 2YOGITA

 Leave a Reply

(required)

(required)


*