जर्मनीमा युरो एकल नृत्य र नेपाली चलचित्र सम्मान कार्यक्रम हुँदै

युरो एकल नृत्य र नेपाली चलचित्र सम्मान कार्यक्रम जर्मनीमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीले आयोजना गर्न लागिरहेको तेश्रो ईनास युरोपियन एकल नेपाली नृत्य प्रतियोगिता र बर्षको उत्कृष्ट नेपाली चलचित्रको विभिन्न श्रेणीहरुलाई सम्मान गरिने कार्यक्रम दोश्रो पटक जर्मनीमा आगामी ०३ अप्रिल, २०१५ मा हुने इनास यूरोप क्षेत्रीय बैठक तथा नेपाली कला, साहित्य र सांस्कृतिक तथा नेपाली चलचित्र प्रवर्द्धनका लागि चलिनुपर्ने कदमहरुका सम्बन्धमा अन्तर्कृया कार्यक्रम र ०४ अप्रिल २०१५ शनिबार दिउँसो बोकुममा हुने भएको छ ।