Apr 092016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपालका प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका हास्य व्यंग्य र सांगीतिक प्रस्तुतिका साथ युरोपका mahaनेपालीहरुले नेपाली नया बर्ष मनाउदै  छन ।  आफ्नो सांगितिक प्रस्तुती लिएर मह जोडी विहिवार युरोप आएका छन।मह जोडीका साथ नरेन्द्र कंशाकार, मोहित आचार्य, यमन श्रेष्ठ  र माण्डवी त्रिपाठीले पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन ।गैर आवासीय नेपाली संघ, वुमन वेलफेयर च्यारिटी सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको हो ।

टोलीले आफ्नो पहिलो सांगीतिक प्रस्तुति शनिवार साझ नर्वेको ओस्लोमा प्रस्तुत गर्दैछ। नर्वे संगै अन्य युरोपेली मुलुकहरुमा पनि कार्यक्रमको आयोजना गरिएको छ । आयोजकका अनुसार अप्रिल महिनाको १० मा फिनल्याण्डको हेलसिन्की, ११ डेनमार्क, १५ पोल्याण्ड, १६ स्विडेन, १७ स्पेन, २४ र ३० जर्मनीमा कार्यक्रमको आयोजना गरिएको छ। त्यसै गरी मे १ फ्रान्स, २९ स्विजरल्याण्ड र जुन ५ मा बेल्जियममा हुदैछ।

आयोजकहरुले नया बर्षको उपलक्ष्यमा प्रसिद्व कलाकारहरुको समुह भएकोले कार्यक्रमहरु अन्य युरोपेली देशहरुमा समेत हुने जानकारी दिएका छन् । युरोपका नेपाली समुदायमा पछिल्लो समयमा नेपाली चाडपर्वको साथै अन्य परोपकारी कार्यको लागी नेपालबाट चर्चित कलाकारहरु ल्याएर कार्यक्रम गर्ने प्रचलन ह्वात्तै बढेको छ ।

नेपाली कला संस्कृतिको प्रवर्द्धनका साथै परोपकारी कार्यको लागी कार्यक्रममा नेपालका प्रसिद्व कलाकार ल्याएको जानकारी गराउदै कार्यक्रमबाट संकलित रकम विशेष गरेर नेपालको दुर्गम क्षेत्रमा रहेका महिलाहरुको शिक्षा र स्वास्थ्यमा खर्च गरिने एनआरएन महिला सह संयोजक रजनी प्रधानले बताइन ।

 Leave a Reply

(required)

(required)


*