यम ग्रहमा नोर्गे हिमाल, नेपालीको सम्मान

Tenzing-Norgayअमेरिकी अनुसन्धान संस्था नासाले अन्तरिक्षको सबैभन्दा सानो ग्रह यममा रहेको हिमालको नाम पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको नामबाट राखेको छ। नासाका वैज्ञानिकले प्लुटो ग्रहमा रहेको एक हिमालको नाम ‘नोर्गे मन्टेस’ राखेका छन्।

न्युजिल्यान्डका एडमन्ड हिलारीको सहयोगीका रूपमा शेर्पाले सन् १९५३ मा सगरमाथा चढेका थिए। सौर्य मण्डलमा नाम राखिने शेर्पा पहिलो आरोही भएको नासाका अनुसन्धानकर्ता जेफ मोरेलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
यससँगै नासाले शुक्रबार प्लुटोको हिमाली क्षेत्रको एनिमेसन तस्वीरसमेत सार्वजनिक गरेको छ। तस्वीर प्लुटोको दक्षिण दिशातर्फको भएको नासाले प्रस्ट्याएको छ।