अब ‘मिस राजधानी’, ‘मिस्टर राजधानी’ र ‘मिसेज राजधानी’

miss rajdhaniएक्सपोज नेपालले एकैसाथ तिन सौन्दर्य प्रतियोगीताहरू आयोजना गर्ने भएको छ । मिस्टर नेपालको आयोजना सहित एक प्रकारको छवी बनाउन सफल एक्सपोजले ‘मिस राजधानी २०१५’, ‘मिस्टर राजधानी २०१५’ र ‘मिसेज राजधानी २०१५’ नामक तिन फरक प्रतियोगीता एक साथ आयोजना गर्न लागेको हो । तिनै प्रतियोगीताका लागी एकसाथ आवेदन समेत खुल्ला गरिएको छ ।

सुन्दरी छनौंट गर्ने परम्परागत शैली आधुनिकतामा ढाल्दै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको यो संस्थाले आयोजना गर्न लागेको प्रतियोगीतामा युवायुवती देखि विवाहित महिलासम्मले सहभागीता जनाउन सक्नेछन् ।

तीन प्रतियोगीता मध्य ‘ मिस राजधानी ’ १५ देखि १९ वर्ष उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्ष उमेर युवा र , ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाहरुले सहभागिता जनाउन सक्नेछन् ।