मिस यूथ नेपालको उपाधी दिपीकालाई

ट्रिक मिडियाले पहिलो पटक आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस यूथ नेपाल–२०१५’ को उपाधी हरिसिद्धी, ललितपुरकी दीपिका केसीले जितेकी छिन् ।

miss youth nepalजमलस्थित राष्ट्रिय नाचघरमा बुधबार राती सम्पन्न प्रतियोगितामा दीपिकाले बेस्ट फिजिक्सको टाइटल एवार्ड समेत जित्न सफ भइन् । डिएभी कलेज अफ म्यानेज्मेन्टमा बिबिए अध्ययरत केसीले उपाधी जित्ने क्रममा ३० जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै विजयी भएकी हुन् । उपाधीसहित दीपिकाले हिराजडित क्राउनका साथमा विभिन्न उपहारहरु प्राप्त गरिन् ।

प्रतियोगितामा भैंसेपाटी, ललितपुरकी पूजा भेटवालले फस्ट रनर्स अपको उपाधी जित्न सफल भइन् । लिटिल एञ्जल कलेजमा अध्ययरत पूजाले मोस्ट कन्फिडेन्सको टाइटल एवार्ड पनि आफ्नै पक्षमा पारिन् । पूजाले सन् २०१० मा सम्पन्न वराह ज्वेलरी क्वीनकी विजेता समेत हुन् । सतुंगल, काठमाडौंकी प्रेरणा खनालले सेकेण्ड रनर्स अपको उपाधीमा चित्त बुझाइन् । प्रेरणाले मोस्ट क्रियटिभ एवार्ड पनि जितिन् । ट्रिक मिडियाले पहिलो पटक आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गरेकी थिइन् । पूर्वमन्त्री बद्री न्यौपाने, गायक सिताराम पोखरेल, निर्मँता प्रदीपकुमार उदय, पत्रकार भरत शाक्य, नायिका नन्दिता केसी, सरीता लामिछाने, संगीतकार शान्तिराम राई आदि व्यक्तित्वसम्मिलित निर्णायक मण्डलीले विजेताको छनोट गरेको हो ।