Jul 092016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।  आज दिउँसो उहाँले जुस sashanka_koiralaपिउनुभएको छ ।

ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो । उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको बताएका छन् ।

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएसँगै बिहीबारदेखि भेन्टिलेटरबाट सघन उपचार कक्ष ९आइसियु० मा राखिएको छ ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा लव जोशीले उहाँलाई कुनै सङ्क्रमण नहोस् भनेर भेटघाटमा सर्तकता अपनाएको जानकारी दिनुभयो ।

मङ्गलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा कोइराला ओम अस्पतालमा भर्ना हुनुभएको थियो । बुधबार बिहान वान्ता भएपछि खाना सर्किँदा महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । रासस

 Leave a Reply

(required)

(required)


*