Mar 272015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

मलेसियाको सेलेङर राज्यस्थित सेरडाङमा एक नेपाली युवाको हत्या भएको छ । निधार र टाउकोमा गहिरो चोट लागेको अवस्थामा नाम र ठेगाना खुल्न नसकेका ती युवाको शव बेबारिसे अबस्थामा भेटिएको हो ।  मलेसियन प्रहरीले ती युवाको शव नेपाली कै भएको जनाए पनि मृतकको साथबाट पहिचान खुल्ने प्रमाण नभेटिएको नेपाली दूतावास मलेसियाले जनाएको छ ।

ती युवाको शव अहिले सेर्डाङ अस्पतालमा राखिएको छ। यसैबीच नेपाली दुतावासले बिहीबार विज्ञप्ती निकालेर मृतकको पहिचान भए तत्काल शव नेपाल पठाउने जनाएको छ। दूतावासले तस्बिरका आधारमा मृतकको नेपालको ठेगाना पत्ता लगाउनमा सहयोग गरिदिन आग्रह समेत गरेको छ। दूतावासका द्दितिय सचिव उत्तम शाहीले मृतकको पहिचान भएपछि शवलार्इ नेपाल पठाइने बताए दिए।  मलेसियामा धेरै नेपालीलार्इ स्थानीयले लुट्ने क्रममा आक्रमण गरी हत्या गर्ने गरेका छन् । आज मृत भेटिएका युवाको पनि लुटपाटकै क्रममा हत्या भएको हुन सक्ने नेपाली दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् । 

– अन्नपूर्ण पोष्ट

 Leave a Reply

(required)

(required)


*