मधेसी मोर्चाको मागप्रति सरकार गम्भीर

गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनरत मधेसी मोर्चाको मागप्रति सरकार गम्भीर भएको बताएका छन ।Shakti-basnet

मङ्गलबार साँझ भक्तपुरको व्यासीमा इन्द्रेणी सांस्कृतिक समाज ‘इसास’ले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बस्नेतले मोर्चाको मागप्रति सरकार गम्भीर भएकाले वार्तामा बस्न आग्रह गरेका हुन् ।

बस्नेतले सरकारसँग वार्तामा बस्दा आन्दोलन गर्नै पर्ने भएपनि नाकाबन्दी खोल्नेगरी आन्दोलनको स्वरूप परिवर्तन गरेर वार्तामा बस्न आग्रह गरे ।

उनले भने  “अरूको उक्साहटमा आम जनतालाई दुःख दिने आन्दोलन छाडेर वार्तामा बस्नुहोस्, आन्दोलनरत पक्षको माग पूरा गर्ने सवालमा सरकार गम्भीर र संवेदशनशील छ ।”

हिजोको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत मोर्चालाई वार्ताका लागि औपचारिक रूपमै आह्वान गर्ने र वार्तामा आन्दोलन पक्षको मागप्रति सरकार लचक हुने निर्णय गरेको उनले बताए ।

कार्यक्रममा नृत्य प्रशिक्षकद्वय महेश्वर कारजी, सीताराम होना र बालाखु गणेश भजन मण्डलका गुरु हरिभक्त सुवाललाई सम्मान गरिएको थियो ।