भ्रामक समाचारको पछि नलाग्न प्रवासी मंच बेल्जियमको आग्रह

नेकपा एमाले निकट प्रवासी मंच बेल्जियमले मन्चमा खेमाबन्दि रहेको  अधिवेशनको क्रममा होहल्ला, असहमति र प्रहरी हस्तक्षेप समेत भएको भनि केहि अनलाइनमा प्रकाशित समाचारको खण्डन गर्दै टिका टिप्पणी वा गलत र भ्रामक समाचार प्रति प्रवासी नेपाली मन्चको सधै ध्यानाकर्षण रहने बुधवार एक बिज्ञप्ति जारी गर्दै बताएको छ l साथै प्रवासी नेपाली मन्च बिचको एकता हिजो पनि थियो अाज पनि छ र भोली पनि रहने कुरा सबैमा जानकारी गराउदै गलत र भ्रामक समाचारका पछि नलागी निर्धक्कका साथ अगाडी बढ्न  संगठनका सम्पुर्ण सदस्य र शुभ चिन्तकहरुलाई  बिज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ l

जारी बिज्ञप्ति जस्ताको तस्तै

प्रवासी नेपाली मन्च बेल्जियम

प्रेस बिज्ञप्ति

नेपाली जनताको अत्यन्त लोकप्रिय पार्टी ने. क. पा. एमाले को निति सिद्दान्त ,बिचार बाट प्रशिक्षित साथै माक्सबाद र जनताको बहुदलीय जनबाद मा अडीग कार्यकर्ता हरु स्वदेश तथा बिदेश मा संगठित हुने र बिभिन्न मोर्चामा रहेर काम गर्ने सन्दर्भ मा प्रवासी मन्च बेल्जियम ले भर्खर आफ्नो पाचौ सम्मेलन ने. क. पा. एमाले की केन्द्रिय सदस्य तथा l युरोप ईन्चार्ज राम कुमारी झाक्री को प्रमुख आतीत्यथमामा सम्पन्न गरेको छ । प्रवासी नेपाली मन्च बेल्जियम को सम्मेलन ८ में का दिन आाब्ह्ान गरिएको थियो तर त्यसदिन हाम्रो धेरै जसो समय खुल्ला सत्रमा नै खर्चिनु परेको कारण र बन्द सत्रलाई समेत समय बढी लाग्ने भएका कारण सबै संगठित सदस्यको सर सल्लाह र सुझाब बाट १६में का लागी मिति तय गरिएको थियो तर सन्चार माध्यम मा असहमति, हो हल्ला, प्रहरी हस्तक्षेप ,बिभिन्न खेमाबन्दी साथै युरोप ईन्चार्ज माथि समेत प्रश्न उठने गरी अनाबस्यक रुपमा आदी ईत्यादी बिषय उठाईएका टिका टिप्पणी वा गलत र भ्रामक समाचार प्रति प्रवासी नेपाली मन्च खण्डन गर्दछ र यस्ता समाचार प्रति हाम्रो संगठनको सधै ध्यानाकर्षण रहने जानकारी समेत गराउन चाहन्छ । सधै हामी सत्य तथ्य समाचार मा बिश्वाश राख्दै प्रवासी नेपाली मन्चका बिचको एकता हिजो पनि थियो अाज पनि छ र भोली पनि रहने कुरा सबैमा जानकारी गराउदै बिभिन्न संचार माध्यममा आएका गलत र भ्रामक समाचार प्रति यस संगठन का सम्पुर्ण सदस्य र शुभ चिन्तक कुनै भ्रममा नरही निर्धक्ताका साथ संगठनमा रही काम गर्न अनुरोध गर्दै बिद्यार्थी आन्दोलन देखी शशक्त राजनितिमा रहदै पार्टीको केन्द्रिय सदस्य हुदै पार्टीले युरोपको मोर्चा संहाल्ने ज़िम्मेवारी पाएकी आदर्णिय कमरेड रामकुमारी झाक्री नेपाली राजनिती की उदयमान नक्षत्र हुन उनिबाट नेपाली जनता तमाम कार्यकर्ता र त्यो नेपाली समाज ले ठुलो अपेक्षा राखेको छ यिनै कुरालाई ध्यानमा राखेर हाम्रो गौरवशाली पार्टी ने. क. पा. एमाले ले दिएको ज़िम्मेवारी बाट अझ अगाडी बढनु हुने छ भन्ने बिश्वाश हाम्रो संगठन ले लिएको छ ।

 

महासचिव                                                                                                 अध्यक्ष

चन्द्र प्रकाश शर्मा                                                                                  बोधराज पौडेल

प्रवासी नेपाली मंच बेल्जियम

२०१६ मे १८ बुधवार