भूकम्पले बन्द विद्यालय सञ्चालनमा

nepali-kidsभूकम्पका कारण बिदा रहेका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका छन् ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प र वैशाख १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण झन्डै एक महिना विद्यालय बन्द भएका थिए ।
शिक्षा मन्त्रालयको निर्णयानुसार आजदेखि अधिकांश विद्यालय खुले पनि भवन क्षति भएका केही विद्यालयमा अझै केही दिनपछि पढाइ हुनेछ । पढाइअघि मनोसामाजिक परामर्श दिने नीति सरकारको छ ।
काठमाडौँ उपत्यकालगायत सामुदायिक निजी विद्यलायका भवनको प्राविधिक परीक्षण गरेर ध्वस्त तथा क्षतिग्रस्त भवनको विकल्पमा टहरा निर्माण गरी अभिभावकको अवलोकनपछि विद्यार्थीलाई विद्यालय पठाउन थालिएको छ ।