भारतलाई हराउँदै २३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन

 भारत २–१ ले पराजित

nepal against india in sagगुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई उसकै भूमिमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको छ । नेपालका लागि दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे ।

पहिलो हाफको ३५ औं मिनेटमा हरिचरण नर्जरीले गोल गरि भारतले अग्रता लिएको थियो ।

पहिलो हाफसम्म गोलरहीत अवस्थामा रहेको नेपालले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो ।

नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै भारतले अर्को सेमिफाइनलमा बंगलादेशलाई पन्छाएको थियो ।

महिलातर्फको फाइनलमा भने भारतले सोमबार नै नेपाललाई ४–० ले हराएको छ ।

 

  • Post category:खेल