Aug 232016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page
 डिल्ली राम अंमाई, प्यारो गरी नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला dilli ammaiवैधानिक निकायहरुले संवोधन गरिने एउटा कर्मीको नाम हो “संचारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाईदिए भने २४ घण्टा संसारभर विजुली प्रवाह रोकिएभन्दा वढी नोक्सानी हुन्छ । दुर्घटना स्तरको त सीमै रहँदैन ।”
 त्यसैले विकसित देशहरुमा पत्रकारिताको महत्वलाई शरिरमा हुने संवेदनशील सूचना संचालक नशा –नर्भसँग तुलना गरिएको छ । शरिरमा उक्त अंगले काम गर्न छाड्यो भने सम्पूर्ण शरिर निर्जिव जस्तै हुन्छ । अन्य कुनै अंगले काम गर्नै सक्दैन । त्यहि कार्य महत्वानुसार त्यसको जिम्मेवारी र प्रभावकारितालाई पनि शरिरले सम्मान दिएको छ । विकसित देशहरुमा पत्रकारलाई उसको क्षेत्र अनुसार सामाजिक दायित्व सुम्पेको पनि छ । संसारभर पत्रकारको विश्वासयिनतालाई अनुसन्धान कर्मीको प्रतिवेदनभन्दा वढी मान्यता दिईन्छ । अपराधको अनुसन्धान गर्ने आधारभूमि पनि पत्रकारको कलम नै हो । राज्यको हात नपुगेका सामाजिक, राजनैतिक र आंतककारी गतिविधीका विकृत शाखाहरुसम्म आफ्नो पहुँच पु¥याएको हुन्छ पत्रकारले ।
त्यसैले पत्रकारको कलमभित्र अपराध अनुसन्धानको सकरात्मक झिल्का झिल्कीहरु भेटिन्छन् र त्यसैको आधारमा अनुसन्धानकर्मीहरुले आफ्नो गोरेटो तय गर्दछन् । त्यसैले एउटा पत्रकारलाई सूचनावाहकको रुपमा मात्र नभएर राज्यको अत्यन्त सम्मानित राष्ट्र सेवकको रुपमा हेरिन्छ । तर युरोपमा  हाम्रा नेपाली धेरै संघ संगठनहरुले यी कर्मीहरुलाई सम्मान दिनु त कता हो कता एउटा तलवी गार्डलाई जत्तिको पनि सम्मान गरेको देखिएन । एन आर एन एको कोपनहेगेन सम्मेलनमा नेपाल पत्रकार महासंघका कोशाध्यक्ष आदरणीय सुर्यमणी गौतम , केस रोशन पुरीलाई निम्ता दिएर नेपालबाट बोलाइयो तर न उनिहरुलाई कुनै सम्मान दिइयो न सम्बोधन गरियो । युरोपमा पत्रकार महासंघको साखा छ त्यो सँग कुनै सन्योजन नगरि नेपालबाट त्यती धेरै संचारकर्मी र मान्य सुभेक्ष्युक किन बोलाइयो ? उत्तर छ ?  क्षेत्रिय सम्मेलनका नेताहरुद्वारा युरोपका मिडियालाई प्रेस कार्यक्रम सन्चालनको जिम्मा र सम्पूर्ण मिडियाकर्मी सम्योजन र बोलावटको आधिकारिक् जानकारी समेत् दिइएन ? त्यसको उत्तर अवस्य मागिने छ भन्दा उहाहरुलाई पक्कै नमिथो लाग्ने छ ।
 बेल्जियमको एन आर एनको पनि अवस्था त्यही छ । पाशा पुच लगायतका जातिय सामाजिक संगठन,  प्रगतिशील मञ्च र मोर्चा लगायत भात्री संगठनहरुको  अधिवेशन हुन्छ । पत्रकारलाई दु:ख सम्मत  निम्तो दिइन्छ । पत्रकार लुरुलुरु जान्छन कार्यक्रममा । सम्मान त कताहो कता टोले समितिको नाम भनिसकेर उसको मर्यादाक्रमको ख्याल नगरी बल्लतल्ल पत्रकार महासंघको कतैकतै नाम लिइन्छ कतै लिइदैन ।
पत्रकार भ्याएसम्म गतिबिधिको रिपोर्टिङको लागि जानु पर्छ तर सम्रचनागत मर्यादाक्रमबारे ख्याल गरिदिने आयोजकको काम हो । पत्रकार महासँघ को युरोप शाखा एन आर एन एको युरोप क्षेत्रिय समितिको समान मर्यादा स्तर र हैसियतको हो भनेर भनिरहन नपर्ला । त्यो आयोजकले पत्रकारले भन्नु अगावै जान्ने कुरा हो ।
   हुन त निम्तै नदिए पनि पत्रकारहरु कार्यक्रममा सकेसम्म पुग्ने पर्ने हुन्छ । पत्रकारले कुनै ठाँउमा गएर समाचार संकलन गर्न कसैको आदेश कुरि रहँदैन । निम्तो कुर्ने त पाहुनाले हो । पत्रकार जुनसुकै पार्टी संघ संगठनको श्रृजनात्मक समालोचनासहित समाचार सम्प्रेषणमा लाग्ने हुनाले कसै कसैले पत्रकारलाई “सदावहार विपक्षी” को संज्ञा पनि दिएका छन् । उसले सूचनामा अन्याय गर्दैन । सूचनामा कुनै पनि मोल तौल गरी कसैको प्रभावले सूचनामो सानो अंशमा पनि लुकाउँछ भने त्यो समाज प्रतिको अन्याय र अपराध हो । उसले सम्प्रेषण गरेका पत्रकारिता पीत पत्रकारिता भित्र पर्दछ ।
संघ संगठनले निम्तो दिएको ठाँउमा अतिथि हुने भनको आफ्नो संरचनाको मूलीले नै हो अथवा पत्रकारहरुको संगठन प्रमुखले, सम्भब नभए तोकेको प्रतिनिधिले । उसले जो सुकैलाई तोकेपनी उसको मर्यादाक्रम माथि अन्याय गर्न पाईदैन । जानाजान मर्यादा मिचिएको ठाउमा बस्दा भन्दा नबस्दा स्वाभिमानले झुक्नु पर्दैन । यो सम्बन्धीत पक्षलाई नैतीक दवाब पनि हो ।
 पत्रकारलाई राज्यको सम्पूर्णताभित्रको चौथो भाग वा राज्य संयन्त्रको चौथो अंग मानिएको छ । यसको चौथो मर्यादाक्रमलाई कानूनी राज्य भएका देशहरुले मान्यता दिएका छन् । तर हाम्रो संघ संगठनहरुले पत्रकारलाई सवैभन्दा पहिलो कार्य (सूचना प्रवाह) को लागि प्रयोग गर्दछन् । तर संवोधन र सम्मान  गर्दा शत्रुलाई जस्र्तै अत्यन्त दरिद्र पारा देखाउँछन् । पत्रकार महासंघको हैसियत भनेको आन्तरिक मर्यादाक्रमको सूचीको अन्तिम पदावली हो भन्ने सोचछन् क्यार संघ संस्थाका संचालकहरुले । यो शाखाका अध्यक्ष यूरोपियन अध्यक्ष हुन र यो समन्वय समितिपछि हुनुपर्ने र त्यो रुपमा यसको महत्वलाई संघ संस्थाहरुले वुझिदिएको भए मैले यो सुझाव दिने समयलाई अन्य कार्यमा समर्पित गर्ने थिएँ । तर अती भएपाछी भन्न वाध्य हुनु पर्‍यो भन्दा सम्बन्धी पक्षलाई लाज लाग्ला कि ।
अधिल्लो कार्यक्रममा पनि ४० औं को संवोधनपछि दुःखजिलो गरेर पत्रकार महासंघ यूरोपका अध्यक्षको नाममा आसन ग्रहण गराईयो । अती पिडाबोध भएर आयो ।  पत्रकारलाई वढी सम्मान चाहिएको हैन तर उनीहरुको महत्व र कार्यअनुसार सांगठनिक संरचना कुन स्तरको हो हेक्का राखेर मर्यादाक्रमलाई सच्च्याउनै पर्छ । कोपन्हेगेन सम्मेलनमा जस्तो पत्रकारहरुको मान मर्दन गर्ने, पत्रकारका कोशाध्यक्षलाई सम्मेलनमा एउटा कुर्चि पनि नल्याई दिएर अपराधीलाई खानतलासी गर्न ठेलामा राखेर हाकिमसामु उभ्याए जस्तो गरी हदैसम्मको अपमान गर्ने कार्य दु:खद हो । त्यस्तो संकीर्ण र दुःखदायी अवस्थाको भोगाइ सुनेर मैले यी अक्षरहरु कोरेको हुँ । अरुको मर्यादाक्रमलाई ख्यान गर्न सकियो भने भावी पुस्ताले तपाईहरुको मर्यादाक्रमलाई पनि पक्कै ख्याल राख्नेछन् । यसमा मैले के मात्रै खोजेको हो भने देश, समाज र संगठनका कार्यक्रमहरुमा मर्यादाक्रमलाई व्यवस्थित गर्नै पर्छ । त्यसले नै समूहमा सामूहिकताको विकास गर्छ । भोलि पनि सह—अस्तित्वको भावनाले अनुशासनपूर्वक आफ्नो गोरेटो समातेर सवैसँग एउटा भावनात्मक सम्वन्धको विकासलाई नजिरको रुपमा स्थापित गर्नेछ ।

 Leave a Reply

(required)

(required)


*