Sep 262016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ ।योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले योग जिल्ला समन्वय समितिले सोमवार आयोजना गरेको घोषणासभामा योग  वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई योग जिल्ला घोषणा गरेका हुन् ।

कार्यक्रममा वक्ताहरुले योग मानव जीवन र स्वास्थ्यसँग जोडिएको योगलाई मानवका दैनिक गतिविधिसँग जोड्नुपर्ने बताए। योगको क्षेत्रमा कार्यरत पतञ्जली योग समिति भक्तपुर, मनोक्रान्ति योग साधना केन्द्र, ब्रह्मकुमारी राजयोग केन्द्र, ओशो ध्यान केन्द्र भक्तपुर, चरित्र निर्माण सङ्घ, शिवयोग साधना केन्द्र, मङ्गल योग तथा प्राकृतिक चिकित्सा उपचार केन्द्र, बाराही योग तथा प्राकृतिक चिकित्सालय, यशोधरा योग साधना केन्द्रको समन्वयमा योग जिल्ला घोषणा गरिएको हो ।

घोषणासभामा पूर्वमन्त्री महेश बस्नेत, देवीप्रसाद ओझा, पूर्वसहायकमन्त्री हरिशङ्कर परियार, सांसद केदार सञ्जेल, प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरी प्रमुख किरण बज्राचार्य र नेपाली काँग्रेसका जिल्ला प्रतिनिधिको सहभागिता थियो । हाल भक्तपुरमा १५७ योग तथा साधना केन्द्र भएको जनाएको छ ।

 Leave a Reply

(required)

(required)


*