Sep 082016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page
नेपाली तथा  महिलाहरुको महान पर्ब हरितालिका तिज शनिवार सेप्टेम्बर ३ मा बेल्जिमको ब्रुसेल सहरमा धुम धामका साथ मनाइयो  ।  नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमहरुमा ब्रुस्सेलबासी दिदिबहिनी महिला मात्रै नभएर  बेल्जियमका अन्य सहर पनि राता सारी र भरिपूर्ण घरगहनालेसजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो।  साथमा
नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन। तीजका गीतमा रमाएर नाच्दा आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा स्प्रस्त देखिन्थ्यो ।
teej-bxlनेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र एन आर एन ब्रुस्सेलका प्रतिनिधि भिम शुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको एस कार्यक्रममा एन आर एन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, नेपाल ब्रुसेल मिलन केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम, निबर्तमान अध्यक्ष इस्वोरा शर्मा, एन आर एन ब्रुस्सेलका पर्वता शर्मा अध्यक्ष साथै अन्य थुप्रै अतिथिको उपस्थिति थियो ।
मनोरन्जन पक्षमा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति देखाएर अत्यन्तै रमाइलो गराइएको थियो भने उपस्थित सबै दिदीबहिनी मात्रै नभएर दाजुभाई पनि असाध्यै रमाइलो गरि नाचेका थिए ।
कार्यक्रम संचालन भने सैलाजा कट्टेल र सृजना कार्की थापा ले गर्नु भएको थियो।                         
औपचारिक कार्यक्रममा महिला संयोजक बनि सरस्वोति सुबेदीले स्वागत भाषाण गर्नु भएको थियो भने प्रमुख अथिति र सभापतिले सुभकामना र धन्यबाद ज्ञापन गरि छोटो सभा बिसर्जन गर्नुभएको थियो।

ब्यवस्थापनले महिलालाई निसुल्क र पुरुषलाई ससुल्क १२ युरो गरेको एस तीज कार्यक्रममा बिभिन्न संघ संस्था तथा ब्यक्ती बिसेषबाट पनि अर्थिक सहयोग आएको थियो। यतीमात्रै नभएर क्लबका सकृय साथीहरुले भए भरको दिल, दिमाग र मेहनत लगाएर एस कार्यक्रम सफल बनाएक थिए।
जस्मा :-
टिकट कन्त्रोलमा: नारायण सापकोटा, राजन थापा र तेजेन्द्र रोक्का
ड्रिण्क्स बारमा: किरण गुरुङ र गजेन्द्र (कमल) गुरुङ
यातायातमा: सदस्य .हरी कृष्ण श्रेष्ठ, तेजेन्द्र रोक्का र
संगीत समायोजन: सन्तोष खड्का, सीता शर्मा, सृजना कार्की थापा
हल सजाउने मिलाउने. तेजेन्द्र रोका, हरी कृष्ण श्रेष्ठ, नारायण सापकोटा,  शान्तमणि सृमखदा , अर्जुन घिमिरे  अमन गुरुङ र साथीहरु
किनमेल. तेजेन्द्र रोक्का, अमन गुरुङ
ब्यानर बनाउने . सैलाजा कट्टेल
फोटो र भिडियो. सुरेश कुमार कोरङ्गी गुरुङ
अथिति स्वागत . सैलाजा कट्टेल, सृजना कार्की, रीता श्रेष्ठ
र मिठो खाना . अर्जुन पुलामी र दिपक भण्डारी
बिङ्गो खेलाउनेमा. शान्तमणि सृमखदा
र साथै ४/९/२०१६ बर्तको कार्यक्रममा सहयोग गर्ने अमन गुरुङ, ललित गरुतम, कमल गुरुङ र थुप्रै सहयोगी हातहरुलाई दिदीबहिनीहरुको आशिक लागोस ।
बिदेशमा हुने एस किसिमको कार्यक्रमले बैदेशिक जिबन बिताइरहेका नेपालीहरुको लागि रमाइलोपन र रमझम मात्रै दिइरहेको छैन बरु साथमा चाड बाडमा सात समुन्द्रपारीको न्यास्रोपन पनी मेटाउने गरेको छ । जो जस्तोले पनि एस किसिमका कार्यक्रम गर्दछ र गर्नमा मद्घत पुर्याउछ उनिहरुलाई हामीले हृदयदेखिनै धन्यवाद दिनुपर्छ।

 Leave a Reply

(required)

(required)


*