बोक्सी बिद्याका लागी नाबालकको बलि दिनेलाई सर्वस्वसहित जन्मकैदको फैसला

अन्धविश्वासमा लागेर बोक्सी विद्या प्राप्त गर्नका लागि भन्दै नाबालकलाई बली दिने रौतहट जिल्ला समनपुर गाविस-८ बस्नेlaw महादेवी भन्ने महवादेवी यादव र उनका गुरु मानिएका छविलाल रायलाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

पुनरावेेदन अदालत हेटौंडाका न्यायाधीश कुमारप्रसाद पोख्रेल र सरिता शर्माको संयुक्त इजलासले फैसला सुनाएको हो । यादव र राय मिलेर २०६९ साल जेठ ६ गते राती १२ बजेको समयमा सर्लाही जिल्ला मानपुर गाविस-९ बस्ने गणेश राय यादवका छोरा नितेश राय यादवलाई टाउको काटेर बली दिएका थिए ।

महवादेवीलाई रौतहटको जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि धामी छविलाल राय यादवलाई भने सफाइ दिएको थियो ।

बोक्सीको शिद्धी प्राप्त गर्ने नाममा महवादेवीले धामी छविलालसँग मिलेर आफ्नै नन्दको छोरा (भान्जा) लाई बलि दिएको उल्लेख छ । नन्दले तीन वषर्ीय भान्जालाई लिएर माइत आएको समय पारेर घर भित्रै टाउको काटेर बली चढाएको थियो ।

बालकको टाउको काटेर घर नजिकैको वाग्मती नदी किनारमा फालेर शरीर घरको पूजा कोठामा खाल्डो खनेर महवादेवीले पुरेकी थिइन् । धामीकै योजना, निर्देशन र सँगैबसेर पूजापाठ गर्दै बोक्सीको सिद्धीप्राप्त गर्नका लागि नाबालकको टाउको काटिएको थियो ।

तर रौतहट जिल्ला अदालतले भने उनलाई सफाइ दिएपनि पुनरावेदन अदालत हेटौंडाले भने सर्वस्व सहित जन्मकैदको फैसला धामीलाई पनि गरेको छ । नाबालकको हत्या गरेपछि धामी छविलाल लामो समयसम्म फरार रहेका थिए ।

रौतहट जिल्ला अदालतले २०७० साल बैशाख ३ गते महवादेवीलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेपनि धामी फरार भएकाले उनकोे बिषयमा अदालतले केही पनि भनेको थिएन । तर त्यसको डेढमहिना पछि जेठ १७ गते धामी छविलाल रौतहट जिल्ला अदालतमा उपस्थित भएर सोही दिनमा सामान्य तारेखमा छुटेका थिए ।

उनलाई रौतहट अदालतले २०७० असार ९ गते भने अभियोग दाबीबाट सफाइ दिएको थियो । त्यतीबेला सफाइ दिएपनि अहिले पुनरावेदन अदालत हेटौंडाले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । धामी छविलला भने फरार रहेका छन् ।