बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

belgium passportबेल्जियम र अमेरिकाका एक देशका नागरिक अर्को देश जाँदा अग्रिम भिसा लिनु पर्दैन । तर अमेरिकी अधिकारीहरूले यो नियममा कडाइ गर्न सक्ने सूचना बेल्जियम सरकारलाई दिएका छन् । बेल्जियन पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा प्रावधान लगाउनु अघि ३ महिने प्रष्टिकरणको म्याद अमेरिकीहरूले दिएका छन्, बेल्जियम अध्यागमन मन्त्री थियो फ्रान्केनले ‘द तेइद’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन् ।

अमेरिकी सुरक्षा अधिकारीहरले बेल्जियन पासपोर्ट प्रयोग गरेर आतंककारीहरूको घुसपैठ हुन सक्ने आशंका व्यक्त गरेका छन् । स्मरणिय छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनका क्रममा ब्रसेल्सलाई ‘नर्कको द्वार’ भनेका थिए ।

गत वर्ष दिइएको एक रिपोर्टमा, बेल्जियमको पासपोर्ट १५५ देशमा बिना भिसा स्वीकार्य छ र नवौं (अन्य पाँच देशसहित) शक्तिशाली मानिएको छ भने १५४ देशमा स्वीकार्य अमेरिकी पासपोर्ट विश्वमा १४ औं शक्तिशाली मानिएको छ ।