Feb 152016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

tamang 1बेल्जियमका नेपालीहरुले ल्होछार पर्व मनाएका छन  । तामांग समुदायद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको पर्वमा नेपाल देखि आएका कलाकार लगायत बेल्जियमका विभिन्न शहरबाट आएका नेपालीहरु सहित स्थानीय नागरिकहरुको समेत उपस्थिति रहेको थियो ।

पर्वको अवसरमा कतिपय परम्परागत भेषभूषा सजिएका थिए भने आमन्त्रित पाहनाहरुलाई चाड पर्वको बेला खाइने परम्परागत खाना खाप्स्यू वितरण गरिएको थियो । पाच दिन अघि परिवार भेट्न बेल्जियम आएकी काभ्रेपलाञ्चोक निवासी ६० वर्षिय पन्जाली लामाले बिदेशमा चाडपर्व मनाउने गरेको सुनेको तर सबै नेपाली एकै ठाउमा जम्मा भएर मनाएको देखेर आफू छक्क परेको बताइन ।

कार्यक्रममा प्रम’ख अतिथिको पमा नेपाली दूतावास बेल्जियमका काउन्सिलर घनश्याम भण्डारीले विदेशमा आयोजना गरिने यस्ता पर्वहरुले विदेशमा हुर्किंदै गरेको नया पुस्तालाई आफ्नो कला संस्कृति चिनाउन मद्दत पुग्नुको साथै नेपालीपनको जगेर्नामा मद्वत पुग्ने बताए ।

औपचारिक कार्यक्रम लगत्तै सांस्कृतिक प्रस्त’तिले मनोरन्जन प्रदान गरिएको थियो । करिब ४२ वर्ष पछी दोश्रो पटक बेल्जियम आएका नेपाली लोक गायक जयनन्द लामाले नेपाली लोक गीतहरु गाउदै छुट्टै किसिमको मज्जा दिलाए । उनले ‘सैलुंगे लेकको..’के को साचो डल्ली रेशम..’, ‘आखाको रमझम..’,’चरी त् बस्यो..’ ‘कलकत्ते काईयो..’, लगायत थुप्रै लोक गीतहरु गएर मनोरन्जन दिलाए । उनलाई देबी तामांग, नैना तामांग, ईना लामा लगायत अन्य स्थानीय कलाकारहरुले साथ् दिएका थिए ।tamang

तामांग समाजका अध्यक्ष राम लामाको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको संचालन जोगमान तामांगले गरेका थिए भने संस्कृतिक कार्यक्रमको संचालन चन्द्रब्लोन लामाले गरेका थिए । जित लामाले उपस्थित सबैलाई स्वागत गरेका थिए ।   शनिवार बेल्जियमको लुभेनमा सम्पन्न कार्यक्रममा एनआरएन सचिब अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले शुभकामना दिएका थिए भने बेल्जियम स्थित थुप्रै संघ सस्थाका प्रतिनिधि उपस्थित थिए ।

तामाङ समुदायको १२ वटा बर्गचक्रमध्ये यसबर्ष माघ २६ देखि प्रे ल्हो अर्थात बाादर बर्ग शुरु हुन्छ । नयाा वर्षको रुपमा कार्यक्रम आयोजना गरिएको थियो ।

फोटो / झलकमणि अधिकारी

 Leave a Reply

(required)

(required)


*